Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बाल यौन दुर्व्यवहार आरोपमा प्रहरी निरीक्षक शिवाकोटी पक्राउ


२४, जेठ २०८१
  • 190
    SHARES
  • बाल यौन दुर्व्यवहार आरोपमा प्रहरी निरीक्षक शिवाकोटी पक्राउ

    काठमाडौं । नेपाल प्रहरीका बहालवाला प्रहरी निरीक्षक (इन्सपेक्टर) पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत इन्सपेक्टर बिदुर शिवाकोटी रहेका छन् ।

    एक जना १३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार (बलात्कार प्रयास) गरेको आरोपमा शिवाकोटी प्रक्राउ परेका हुन् । उनी हाल प्रहरी वृत्त स्वयम्भूको नियन्त्रणमा छन् ।

    शिवाकोटीमाथि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । काठमाडौं महानगरपालिकाले विद्यालयहरुमा सचेतनामुलक अभियान चलाइरहेको थियो ।

    त्यही क्रममा ती बालिकाले आफूमाथि यौन दुर्व्यवहार र कुटपिट हुने गरेको सूचना दिएपछि महानगरपालिका, बाल अधिकारकर्मी, स्वयम्भु प्रहरी लगायतको टोली परिचालित भएको थियो ।

    महानगरको टोलीले इन्सपेक्टर शिवाकोटीलाई नियन्त्रणमा लिएर स्वयम्भु प्रहरीको जिम्मा लगाएको हो । ती बालिकालाई भने उद्धार गरी सुरक्षा गृहमा राखिएको छ ।

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend