Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रचण्डको विदेश दौड, चीन परेन, युरोप जाने तयारी


१४, असार २०८०
  • 224
    SHARES
  • प्रचण्डको विदेश दौड, चीन परेन, युरोप जाने तयारी

    काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बजेट पास गराएपछि विदेश भ्रमणको तयारीमा रहेका छन् । भारत भ्रमण गरेपछि चीनको भ्रमण गर्ने बताएका प्रचण्ड त्यता नलागी युरोप भ्रमणमा जाने भएका हुन् । केही दिनअघि भारतपछि चीनको भ्रमण गर्ने बताए पनि आगामी अगष्ट महिनाको पहिलो साता इटाली भ्रमण तय भएको छ । प्रधानमन्त्री प्रचण्ड राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको कार्यक्रममा सहभागी हुन रोम जाने तयारी गरेका हुन् । 

    नेपाल सन् १९५१ देखि राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन एफएओमा आवद्ध भएको थियो । नेपाल राष्ट्रसंघीय संघ संगठनमध्ये सबैभन्दा पहिले यो संस्थाको सदस्य बनेको बनेका कारण सो कार्यक्रममा सहभागी हुन रोम जान लागेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले भारत र चीन भ्रमण गरेर दुवै छिमेकी नेपालका लागि उत्तिकै महत्वपूर्ण छन् भन्ने सन्देश दिन चाहे पनि भारत भ्रमणपछि चीन भ्रमणको मिति भने तय हुन सकेको छैन । ‘आवश्यक समयमा चीन भ्रमण हुन्छ, त्योभन्दा अघि भारतको भ्रमण भयो,’ प्रचण्डको स्वकीय सचिवालय स्रोतले भन्यो । 

    भारतका प्रधानमन्त्रीले बेलाबखत नेपालको भ्रमण गर्दै आएका छन् । त्यो भन्दा बढी नेपालका प्रधानमन्त्रीको भारत भ्रमण हुने गरेको छ । गत वर्ष बुद्धजयन्तीका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण भएको थियो । त्यसअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमण गरेका थिए । मोदीले लुम्बिनी भ्रमणका वेला नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणा दिएका थिए । 

    पारस्परिकताका आधारमा नेपालका प्रधानमन्त्रीको भारत भ्रमण हुन गरेको छ । त्यही आधारमा चीनतर्फ पनि नेपालका प्रधानमन्त्रीले भ्रमण गर्दै आएका छन् । तर पछिल्लो पटक नेकपा माओवादीका नेताहरुले चीन भ्रमण गरिसकेका छन् । प्रधानमन्त्रीको भारत भ्रमण भन्दाअघि मात्रै माओवादीका नेता एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटाको नेतृत्वमा २० सदस्यीय टोली चीन पुगेर नेपाल फर्केको थियो भने मंगलबार साँझ मात्रै गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा पाँच दिनका लागि एक प्रतिनिधिमण्डल चीन गएको छ । 

    तर प्रधानमन्त्रीको भ्रमण भने अझै टुंगो लाग्न सकेको छैन । चीनले पनि प्रधानमन्त्रीलाई भ्रमणको निम्तो दिइसकेको छैन । ‘आपसी सहमतिबाट भ्रमणको मिति तय गर्ने सहमति भएको छ, यसबारेमा चीनमा रहेको नेपाली राजदूतावास र नेपालमा रहेको चिनिया दुतावासले समन्वय गरिरहेका छन्’, प्रधानमन्त्रीका एक निजी सचिवले भने । पहिलो पटक प्रधानमन्त्री हुँदा भने प्रचण्ड शुरुआतमा चीनमा गएका थिए । उनी २०६५ सालमा चीनको बेइजिङमा भएको ओलम्पिक खेलकुदको समापनमा गएका थिए । 

    दोस्रो कार्यकालमा भने उनी पहिले भारत गएका थिए । अहिले चलिरहेको तेस्रो कार्यकालको शुरुआतमै चीनबाट निम्तो आएको भए पनि आफ्नो कार्यकाललाई सहज बनाउने रणनीति अनुरुप प्रचण्ड भारत गएका थिए । तर भारतपछि चीन जाने भनेका प्रचण्ड किन फेरि पनि बेवास्ता गर्दै युरोपतिर हानिन खोजेका छन् त भन्ने प्रश्न टड्कारो बनेको छ । यद्यपि माओवादी केन्द्रका नेताहरु भने धमाधम चीन जाँदै फर्कदै गरिरहेका छन् । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend