Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

जब आधा घण्टापछि आउँछु भनेका मुख्यमन्त्री बेपत्ता भएपछि.....


१५, असार २०८०
  • 109
    SHARES
  • जब आधा घण्टापछि आउँछु भनेका मुख्यमन्त्री बेपत्ता भएपछि.....

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । कार्कीले बिहीबार विश्वासको मत लिन लागे पनि त्यो सम्भव नभएपछि आजमात्र लिन लागेका हुन् । 

    विश्वासको मत हिजै लिने भनिए पनि मुख्यमन्त्री कार्की नै बेपत्ता भएपछि सम्भव नभएको हो । उनी अनुपस्थित भएपछि ३० मिनेटका लागि स्थगित भएको बैठक पुनः बस्न नसकी राति सूचना टाँसेर स्थगित गरिएको थियो । उनी योजना बनाउने भन्दै आधा घण्टाका लागि बाहिरिएका थिए । उनले सभामुखलाई हिजोको बैठक स्थगित गर्न आग्रह गरेका भए पनि स्थगित गर्ने कुनै कारण नभएको जनाउँदै स्थगित गर्न मानेका थिएनन् । 

    तर बाहिर निस्केका मुख्यमन्त्रीसहित मन्त्रीहरुको टिम फर्केर नआएपछि रातिमात्रै बैठक स्थगित गरी आज बिहान ११ बजेका लागि डाकिएको हो । कार्की नेतृत्वको सरकारलाई समर्थन दिएको नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि संकटमा परेका मुख्यमन्त्रीले आज विश्वासको मत लिन लागेका हुन्  । 

    कोशी प्रदेश सभामा नेकपा एमाले सबैभन्दा ठुलो दल रहेको छ । एमाले नेतृत्वको एक मात्र प्रदेश सरकार माथी विश्वासको संकट उत्पन्न भएपछि मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिन लागेका हुन । कार्कीलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले विश्वासको मत दिने जनाइसकेको छ । राप्रपा र एमाले मिल्दा ४६ जना सांसदको समर्थन रहने देखिएको छ । कोशी प्रदेश सभामा सरकार बनाउन वा विश्वासको मत प्राप्त गर्न ४७ जना सांसद आवश्यक पर्छ ।

    जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएमा कोशी सरकार यथावत रहने भए पनि सो पार्टीले तटस्थ बस्ने जनाएपछि मुख्यमन्त्री कार्की अप्ठयारोमा परेका थिए । जसपा नेपालको एक मत रहेको छ । जसपा नेपाल नेतृत्वको मधेस प्रदेश सरकारका लागि विश्वासको मत दिएको एमालेले कोशीमा पनि विश्वासको मत पाउने अपेक्षा गरेका मुख्यमन्त्री कार्कीले मत नपाउने भएपछि उनी  विश्वासको मत पाउने बैठकमा अनुपस्थित हुनु परेको हो । 

    हाल कोशी प्रदेश सभामा एमालेको ४०, नेपाली काँग्रेसको २९, नेकपा माओवादीको ९सभामुख सहित० १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसदले प्रतिनिधित्व गरिरहेका छन् । मुख्यमन्त्री कार्कीले विश्वासको मत नपाउने भए मध्यावधि चुनाव गर्ने भन्दै घुर्कीसमेत लगाइरहेका छन् । त्यतिमात्र हैन उनले विकल्पमा संयुक्त सरकारको आह्वानसमेत गरेका छन् । 

    koshi.jpg
    undefined

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend