Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न


१५, असार २०८०
  • 258
    SHARES
  • बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न

    बुटवल । रगतको अत्याधिक अभाव भएको अवस्थामा मुद्रण उद्योग संघ रुपन्देही र नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाको संयुक्त आयोजनामा रक्तसञ्चार सेवा केन्द्र शुक्रवार बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

    जिल्लाभित्र रहेका मुद्रण (छापाखाना) व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको मुद्रण उद्योग संघ रुपन्देहीले विभिन्न सामाजिक क्रियाकलाप अन्र्तगत आज रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । रक्तदान कार्यक्रममा ३० जना रक्तदाताहरुले रगद दान गरेका थिए । 

    मुद्रण उद्योग संघ रुपन्देहीका अध्यक्ष लिलाधर लुइँटेल, नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाका अध्यक्ष गोविन्द भुसाल, मुद्रण उद्योग संघ रुपदेन्हीका सचिव र तिलोत्तमा शाखामा महासचिव सागर पाठकको सञ्चालनमा भएको उक्त कार्यक्रममा मुद्रण उद्योग संघ रुपन्देहीका उपाध्यक्ष पशुपति पौडेल लगायतले रगत अभाव हुन दिननहुने बताएका थिए। उक्त कार्यक्रममा नेपाल रक्तदाता संघका केन्द्रिय महासचिव तथा रुपन्देही जिल्ला अध्यक्ष कृष्ण चौहान क्षेत्रीले विभिन्न संस्थाहरु यसैगरी रक्तदान कार्यक्रममा जुट्दै गएमा रगतको अभावले कसैको ज्यान अकालमै गुमाउनुपर्ने जोखिम हटेर जाने विश्वास व्यक्त गरे ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend