Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नियुक्तिअघि विदेशी नागरिक हो कि होइन एकिन गर्न सरकारलाई अख्तियारको पत्र


२८, जेठ २०८१
  • 252
    SHARES
  • नियुक्तिअघि विदेशी नागरिक हो कि होइन एकिन गर्न सरकारलाई अख्तियारको पत्र

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी नियुक्ति गर्नुअघि कुनै व्यक्ति विदेशी नागरिक हो कि होइन भन्ने एकिन गर्न भनेको छ ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसँग अमेरिकाको स्थायी आवास अनुमति (पिआर) रहेको खुलेसँगै अन्य व्यक्तिको हकमा पनि सो दोहोरिन सक्ने भन्दै आयोगले सरकारलाई एकिन गरेर मात्र नियुक्त गर्न भनेको हो ।

    १० वैशाखमा अख्तियारका सचिव रामेश्वर दंगालले मुख्यसचिव वैकुण्ठ अर्याललाई पत्र लेखेर सार्वजनिक पदमा नियुक्तिअघि विदेशी नागरिकता वा आवासीय अनुमति पत्र लिए/नलिएको यकिन गर्न भनेका छन् ।

    नेपाल सरकारबाट नियुक्ति हुनुपर्ने व्यक्तिको हकमा नेपाल सरकार(मन्त्रिपरिषद्) मा प्रस्ताव पेश गर्दाका बखत त्यस्ता व्यक्तिले विदेशी नागरिकता वा आवासीय अनुमति पत्र लिए–नलिएको यकिन गर्न निज व्यक्ति स्वयंले सो बारे गरेको घोषणा अनिवार्य रूपमा पेश गर्न लगाउने र अन्य सार्वजनिक निकायको हकमा पनि सोही बमोजिम कानुनी व्यवस्था गर्नेरगराउने व्यवस्था गर्न नेपाल सरकारका मुख्य सचिवमार्फत सबै निकायमा निर्देशन हुन सुझाव लेखी पठाउनु हुन अनुरोध छ’, अख्तियारको पत्रमा भनिएको छ ।

    पछिल्लो समय सरकारी जागिरेमै रहेका कतिपय कर्मचारीहरूको नै आवासीय अनुमति पत्र रहेको चर्चा हुँदै आएको छ ।

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend