काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले राज्यका हरेक निकायमा आदिवासी जनजातीको सहभागीता सुनिश्चित गर्न गम्भीर रुपमा लाग्ने बताएका छन् । कांग्रेस निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघको प्रशिक्षण कार्यक्रमलाई शुक्रबार पार्टी कार्यालय सानेपामा उद्घाटन गर्दै सभापति देउवाले कांग्रेसले सदैव समावेशिताको मुद्धालाई जोडदार रुपमा उठाउदै आएको बताए ।
सभापति देउवाले हरेक निकायमा आदिवासी जनजातीको सहभागीता सुनिश्चित गर्नुपर्ने बताउदै आदिवासी जातजातीको भाषा, संस्कृतिको संरक्षण गर्दा राज्यलाई नै फाइदा दाबी गर्नुभयो ।