Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

१७ उपसचिवको सरुवा(नामावलीसहित)


३०, जेठ २०८१
  • 239
    SHARES
  • १७ उपसचिवको सरुवा(नामावलीसहित)

    काठमाडौँ । १७ जना उपसचिवको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत उपसचिवहरूको सरुवा गरेको हो ।

    शिक्षा विकास तथा समन्वय इकाई, इलामका उपसचिव तारानाथ निरौलालाई भाषा आयोगमा, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) मा रही कामकाजका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेश पठाइएको उपसचिव तारा ज्ञवालीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय(अतिरिक्त समूह)मा फिर्ता ल्याइएको छ ।

    यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतका उपसचिव टेक बहादुर अर्याललाई अर्थ मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव बैकुण्ठ प्रसाद सापकोटालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयका उपसचिव राम कृष्ण श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको छ ।

    यसैगरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय(अतिरिक्त समूह)का उपसचिव चिरञ्जीवी नेपाललाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय(अतिरिक्त समूह)की मन्दिरा पोखरेल काफ्लेलाई मुस्लिम आयोगमा र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह)की उपसचिव सुशीला पौडेल दाहाललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वा अन्तर्गतका उपसचिव मनोज रेग्मीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गतमा, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह)का उपसचिव पुष्कर भट्टराईलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह)का उपसचिव लिलाधर अवस्थीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय वा अन्तर्गतमा सरुवा गरेको छ ।

    रक्षा मन्त्रालयकी उपसचिव कविता निरौला ढुंगेललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय वा अन्तर्गतका उपसचिव दिपक ढकाललाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गतका उपसचिव धर्मेन्द्र कुमार झालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ ।

    त्यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय(अतिरिक्त समूह) मा दरबन्दी रही कामकाजमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गत पठाईका उपसचिव राजु खनाललाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय(अतिरिक्त समूह) मै फिर्ता, जल तथा मौसम विज्ञान विभागका सिनियर डिभिजनल केमिष्ट शंकर प्रसाद पौडेललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय वा अन्तर्गतका सिनियर डिभिजनल केमिष्टलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मा सरुवा गरेको गरिएको जानकारी प्रशासनलाई प्राप्त भएको छ ।

    १३ शाखा अधिकृतको सरुवा

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १३ जना शाखा अधिकृत स्तरका कर्मचारीको सरुवा गरेको छ ।

    गृह मन्त्रालय वा अन्तर्गतका शाखा अधिकृत विष्णुहरि तिमल्सिनालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय(अतिरिक्त समूह) मा सरुवा गर्दै काजमा निजामती कर्मचारी अस्पतालमा पठाएको छ ।

    खानेपानी मन्त्रालय वा अन्तर्गतका मेकानिकल इन्जिनियर राजेन्द्र कुमार ठकुरीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय वा अन्तर्गतका मेकानिकल इन्जिनियर सन्तोष मिश्रलाई राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा गरेको छ ।

    यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय(अतिरिक्त समूह)मा दरबन्दी भई कामकाजमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, सुदूरपश्चिम प्रदेशका इन्जिनियर करण सिंह बडाललाई शहरी विकास मन्त्रालय, शहरी विकास मन्त्रालय वा अन्तर्गतका इन्जिनियर कृष्ण थापालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय वा अन्तर्गतमा र शहरी विकास मन्त्रालय वा अन्तर्गतका इन्जिनियर नारायण ओलीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय(अतिरिक्त समूह)मा दरबन्दी राखी कामकाज : मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेशमा पठाइएको छ ।

    यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराका शाखा अधिकृत खेमराज मरासिनी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय वा अन्तर्गतमा, गृह मन्त्रालय वा अन्तर्गतका शाखा अधिकृत हरि प्रसाद चपाइलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका शाखा अधिकृत शीतल बहादुर रावललाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय वा अन्तर्गतमा, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय वा अन्तर्गतका शाखा अधिकृत दीपक रिजाललाई सङ्घीय मामिला तथा सामान्य(अतिरिक्त समूह) मा दरबन्दी राखी काजमा विज्ञापन बोर्डमा सरुवा गरिएको छ ।

    यसैगरी सङ्घीय मामिला तथा सामान्य(अतिरिक्त समूह)का शाखा अधिकृत मनिक मान महर्जनलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय वा अन्तर्गतका शाखा अधिकृत नमोनाथ प्रसाद यादवलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय वा अन्तर्गतमा र सङ्घीय मामिला तथा सामान्य मन्त्रालय (अतिरिक्त समूह)का शाखा अधिकृत बाबुराम पाण्डेलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय(अतिरिक्त समूह) मा दरबन्दी राखेर काजमा विज्ञापन बोर्डमा सरुवा गरिएको जानकारी प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त भएको छ ।

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend