Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

फ्राईडे रिलिज : देशभरका हलमा ‘बाटो: रोड टु डेथ’


३२, जेठ २०८१
  • 184
    SHARES
  • फ्राईडे रिलिज : देशभरका हलमा ‘बाटो: रोड टु डेथ’

    काठमाडौँ । फ्राईडे रिलिज अन्तर्गत आज शुक्रबारबाट देशभर एकमात्र फिल्म ‘बाटोस् रोड टु डेथ’ प्रदर्शनमा आएको छ ।

    एकल प्रदर्शन अवसर पाएको फिल्मले ब्यवसायिक सफलता हात पार्ने अपेक्षा निर्माण युनिटले गरेको छ । प्रदर्शन अगाडि बुधबार फिल्मको प्रिमियर भएको थियो ।

    प्रिमियर रुचाइएको फिल्म बिहीबार नेपालीसहित तमिल, तेलुगु तथा हिन्दी गरी विभिन्न चार भाषामा तयार भएको हो । फिल्मका लेखक, सम्पादक तथा निर्देशक मदन थापा हुन् ।

    प्रिमियरमा झैँ फिल्मले सार्वजनिक प्रदर्शनबाट पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाउनेमा आफू ढुक्क रहेको बताए । उनले फिल्म दर्शकको रुचि ध्यानमा राखेर निर्माण भएको सुनाए ।

    काठमाडौँ फिल्मसको ब्यानरमा बनेको यो फिल्मका निर्माता चन्दन झा हुन् । फिल्मलाई दक्षिण भारतीय फिल्म उद्योगका छायांकार शरण ऋषिले छायाङ्कन गरेका छन् ।

    फिल्मको लाइन प्रोड्युसरमा शंकर कार्की, प्रकाश हमाल र दिनेश प्रकाश महरा हुन्, भने कार्यकारी निर्मातामा रणधीर कुमार झा, अश्विनी घिमिरे, सदीक्षा महर्जन, नवीन अवाल, आकांक्षा बस्नेत तथा विशाखा विक्रम थापा रहेका छन् । सह निर्माताहरूमा विक्रम चौधरी, आशिम मैनाली, टोनी हरजानी, शालिनी पोद्दार, नम्रता जीआर राउत तथा स्मृति झा छन् ।

    सस्पेन्स तथा थ्रिलर जनराको फिल्ममा मिथिला शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, पशुपति राई, किरण शाही, गणेश उपाध्याय, आभास अधिकारी, राजेन थापा, विजय आनन्द ताम्राकार, आशान्त शर्मालगायत कलाकारको अभिनय छ ।

     

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend