Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सर्वोच्चका वरिष्ठ न्यायाधीश राउत न्यायपरिषद् सदस्यमा नियुक्त


२, असार २०८१
  • 261
    SHARES
  • सर्वोच्चका वरिष्ठ न्यायाधीश राउत न्यायपरिषद् सदस्यमा नियुक्त

    काठमाडौं- सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउत न्यायपरिषद्को सदस्यमा नियुक्त भएका छन् ।

    परिषद् सदस्यसमेत रहेका रहेका सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश डा. आनन्दमोहन भट्टराई असार १ मा उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि राउतलाई नियुक्त गरिएको हो ।

    राउतलाई परिषद् अध्यक्ष प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आइतबार परिषद् सदस्य नियुक्त गरेका हुन् ।

    २०७३ साउनमा सर्वोच्चको न्यायाधीशमा नियुक्त राउत प्रधानन्यायाधीश बन्ने दौडमा छन् । प्रधानन्यायाधीश श्रेष्ठले आगामी १९ असोजमा उमेर हदका कारण अनिवार्य अवकाश लिँदैछन् ।

    त्यसपछि प्रधानन्यायाधीश बन्ने करिब निश्चित छ । असोजमा नियुक्त भएमा राउत करिब १८ महिना सर्वोच्चको प्रधानन्यायाधीशमा रहनेछन् ।

    न्यायाधीश हुनुअघि राउत अधिवक्ता थिए । उनले सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षका रुपमा पनि काम गरेका छन् ।  राउतले नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गरेका छन् ।

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend