Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

डुडुवा गाउँपालिका स्वास्थ्य सेवा प्रवाहमा उत्कृष्ट


१, असोज २०८१
  • 276
    SHARES
  • डुडुवा गाउँपालिका स्वास्थ्य सेवा प्रवाहमा उत्कृष्ट

    बाँके । बाँकेका आठ स्थानीय तहमध्ये डुडुवा गाउँपालिका स्वास्थ्य सेवा प्रवाहमा उत्कृष्ट बनेको छ ।

    आर्थिक वर्ष २०८०–०८१ मा प्रभावकारी स्वास्थ्य सेवा प्रवाह र जनस्वास्थ्य सूचकका आधारमा डुडुवा गाउँपालिका जिल्लामै पहिलो बनेको हो ।

    गत आर्थिक वर्ष २०८०–०८१ मा जिल्लामा सम्पन्न भएका स्वास्थ्य कार्यक्रमहरुको प्रभावकारी सेवा प्रवाह र जनस्वास्थ्य सूचकका आधारमा डुडुवा गाउँपालिकाले उत्कृष्ट कार्य सम्पादन गरेर प्रथम स्थान हासिल गरेको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी एवम् तथ्याङ्क फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

    प्रभावकारी सेवा प्रवाह र जनस्वास्थ्य सूचकका आधारमा डुडुवाले ७२ दशमलव ४२ प्रतिशत अङ्क प्राप्त गरेर प्रथम स्थान हासिल गरेको हो । त्यसैगरी जानकीले ७२ दशमलव ३७ प्रतिशत र खजुराले ६९ दशमलव ५४ प्रतिशत अङ्क प्राप्त गरेर द्वितीय र तृतीय स्थान हासिल गरेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।

    त्यसपछि क्रमशः राप्तीसोनारीले ६५ दशमलव ४३ प्रतिशत, कोहलपुरले ६३ दशमलव ०९ प्रतिशत, नरैनापुरले ६२ दशमलव ३७ प्रतिशत, बैजनाथले ६० दशमलव ७२ प्रतिशत र सबैभन्दा अन्तिममा नेपालगन्ज उपमहानगरपालिकाले ५७ दशमलव २९ प्रतिशत अङ्क प्राप्त गरेका छन् । स्वास्थ्य क्षेत्रका मुख्य २२ वटा सूचकहरुका आधारमा मूल्याङ्कन मापन गरिने उहाँले बताउनुभयो ।

    स्वास्थ्य सेवा प्रवाहमा गाउँपालिकाहरु अग्रस्थानमा आउँदै गर्दा जिल्लाको सुगम स्थानमा रहेका एउटा नगरपालिका र एउटा उपमहानगरपालिका भने पछाडि परेका छन् । कोहलपुर नगरपालिका छैटौं नम्बरमा परेको छ भने नेपालगन्ज उपमहानगरपालिका आठौं अन्तिम स्थानमा परेको छ ।

    स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९–०८० मा जानकी प्रथम, डुडुवा द्वितीय र खजुरा तेस्रो स्थानमा थिए । त्यसैगरी क्रमशः नरैनापुर, कोहलपुर, राप्तीसोनारी, नेपालगन्ज र अन्तिम स्थानमा बैजनाथ थिए । उक्त आर्थिक वर्षमा दोस्रो स्थानमा रहेको डुडुवा गत वर्ष प्रथम बनेको हो भने सातौं नम्बरमा रहेको नेपालगन्ज उपमहानगरपालिका भने आठौं स्थानमा झरेको हो ।

    स्वास्थ्य कार्यालय बाँकेले नेपालगन्जमा आयोजना गरेको जिल्लास्तरीय वार्षिक प्रगति तथा समीक्षा गोष्ठीको अवसरमा उत्कृष्ट पालिकाहरुलाई सम्मानसहित प्रशंसापत्र प्रदान गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत मानबहादुर वली लगायतले प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend