Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

उत्तर कोरियाले दियो अमेरिकालाई कडा चेतावनी


२७, असार २०८०
  • 99
    SHARES
  • उत्तर कोरियाले दियो अमेरिकालाई कडा चेतावनी

    काठमाण्डौं । उत्तर कोरियाले आफ्नो आर्थिक क्षेत्रमाथि संयुक्त राज्य अमेरिकाले आठ पटक गैरकानुनी रूपमा उडान गरेको आरोप लगाउँदै जवाफी कारबाही गर्ने चेतावनी दिएको छ । उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी एवम् सत्तारुढ दलकी एक प्रमुख अधिकारी किम यो जोङले एक प्रेस विज्ञप्तिमार्फत अमेरिकालाई त्यस्तो चेतावनी दिएकी कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) ले जनाएको छ । 

    उत्तर कोरियाको सार्वभौमसत्तामाथिको अतिक्रमणलाई प्रतिकार गर्ने उनको चेतावनीप्रति टिप्पणी गर्दै अमेरिकाले अन्तरराष्ट्रिय कानुनअनुसार सुरक्षित एवम् जिम्मेवारीपूर्वक उडान भर्दै आएको स्पष्ट गरेको छ । अमेरिकी वायुसेनाको रणनीतिक जासुसी विमान कोरियाको पूर्वी सागरमा रहेको आर्थिक जल क्षेत्रमा गैरकानुनी रूपमा घुसपैठ गरेको आरोप प्योङयाङले लगाएको छ । हिजो अमेरिकी वायुसेनाको एउटा विमानले ५ः१५ देखि १३ः१० सम्म हवाई जासुसी गरेको ओरोप लगाइएको छ । 

    अमेरिकी रक्षा मन्त्रालयका सहायक प्रेस अधिकृत सब्रिना सिंहले अन्तरराष्ट्रिय कानुनअनुसार आफ्ना साझेदार मुलुक र मित्रहरूका जल र वायु क्षेत्रमा जहाँसुकै सञ्चान गर्नसक्ने बताउँदै कोरियाली आरोपलाई अस्वीकार गरेकी छन् । 

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend