Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गण्डकीको वनमन्त्रीमा भेषबहादुर पौडेल नियुक्त, सरकारले पायो पूर्णता


५, कात्तिक २०८१
  • 153
    SHARES
  • गण्डकीको वनमन्त्रीमा भेषबहादुर पौडेल नियुक्त, सरकारले पायो पूर्णता

    काठमाडौं । गण्डकी प्रदेशको वनमन्त्रीमा लमजुङका भेषबहादुर पौडेल नियुक्त भएका छन् ।

    यसअघि स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले छोडेको यो मन्त्रालयमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पौडेललाई नियुक्त गरेका हुन् ।

    योसँगै गण्डकी सरकारले पूर्णता पाएको छ । पौडेल कांग्रेसभित्र संस्थापन इतर समूहका हुन् । पछिल्लो समय महामन्त्री गगन थापा निकट मानिएका उनलाई थापाकै जोडमा मन्त्री बनाइएको हो । पौडेलको आजै शपथ हुनेछ । साढे ४ बजे शपथको तयारी भएको स्रोतले जनाएको छ ।

    मनाङेले भौतिकबाट वनमा सारेपछि मन्त्री पदबाटै राजीनामा दिएका थिए । गण्डकीमा हाल ९ मन्त्रालय छ । कांग्रेसबाट ४, एमालेबाट ४ र नेपाल समाजवादीबाट एक जना मन्त्री बनेका छन् ।

    नयाँ समीकरणपछि गण्डकीमा कांग्रेसलाई मुख्यमन्त्री सहित ५ र एमालेलाई ४ मन्त्रालय पर्नेगरी भागबन्डा मिलाइएको थियो । कांग्रेसले आफ्नै कोटाबाट नेसपालाई मन्त्री बनाएको हो । यसअघि ७ मन्त्रालय रहेको यहाँ भागबन्डा मिलाउनकै लागि फुटाएर ९ पुर्‍याइएको थियो ।

     

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend