Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

क्रिकेट प्रतियोगिता मैले पहिलो पटक उद्घाटन गरेको छु : सांसद पुन


९, कात्तिक २०८१
  • 141
    SHARES
  • क्रिकेट प्रतियोगिता मैले पहिलो पटक उद्घाटन गरेको छु : सांसद पुन

    रोल्पा । लुम्बिनी प्रदेश सरकारका निवर्तमान स्वास्थ्य मन्त्री तथा लुम्बिनी प्रदेशका सांसद दिपेन्द्र कुमार पुन मगरले आफू दोस्रो कार्यकालको लागि निर्वाचित भएपछी पहिलो पटक क्रिकेट प्रतियोगिताको उद्घाटन गरेको बताउनु भएको छ ।

    परिवर्तन गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा कार्तिक शुक्रबार देखि ११ गतेसम्म हिन्दुहरु महान चाड वडा दशै तथा शुभ दिपावली उपलक्ष्यमा परिवर्तन गाउँपालिका शुभकामना क्रीकेट कप,रोल्पा जिल्ला अन्तर पालिका स्तरीय प्रतियोगिता-२०८१ लाई शहिद स्मृति रंगशाला परिवर्तन गाउँपालिका-५ धामाचौरमा सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो ।

    कार्यक्रम उद्घाटनको प्रमुख अतिथी समेत रहेका सांसद पुनले दिप प्रज्वलन गर्दै भने,"यद्यपि मैले थुप्रै खेलकुद कार्यक्रमको उद्घाटन गरेको छु,कार्यक्रममा सहभागी भएको छु,यो क्रीकेट प्रतियोगिता गाउँपालिकाले आयोजना गरेको गर्यो,म सहभागी भएर मैले उद्घाटन गरेको छु"-उनलेे भने ।

    खेलकुदको सन्दर्भमा रोल्पा जिल्लामा यहाँको पूर्वाधारको हिसाबले,संरचनाको हिसाबले यहाँ क्रीकेट मैत्री खेलकुद मैदान छैन- पुनले भने ।

    मैले बाध्यता र साँघुरो सञ्चालन बस हामीसँग मापदण्ड अनुसार सम्पन्न हुने अवस्था छैन,त्यहीँ पनि यो सिमित पूर्वाधारको बीचमा रहेर खेलकुदको आयोजना गर्नु भएको छ- उनले भने ।

    विगत दुई बर्षदेखि परिवर्तन गाउँपालिकाले विविध खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आइरहेको छ र विजयी खेलाडीलाई परिवर्तन गाउँपालिकाले शिक्षा र स्वास्थ्यमा जोड्दै आएको छ र प्रेरित गर्दै आएको मैले महशुस गरेको छु- सांसद पुनले भने ।

    तपाईंहरु अन्तरपालिकाबाट सहभागी हुनु भएको छ,खेल जित्नको लागि मात्र होइन हार्नको लागि पनि खेल हो,"त्यसैले मैत्रीपुर्ण र मित्रताको भावले खेल खेल्नुपर्छ"-पुनले भने ।

    तपाईंले सिकेका राम्रो कुरा यहाँ सिकाउनु होला र सिक्न बाँकी कुरा यहीँबाट सिकेर जानु होला"मेरो आग्रह छ,पालिका स्तरमा कुन पालिकाले खेलकुद क्षेत्रलाई चासो र ध्यान दिएको छ,"त्यो पनि बुझेर यहाँबाट जानु होला- उनले भने ।

     

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend