Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मन्त्री चौधरीद्वारा सिँचाइ योजना उपभोक्ता समितिलाई हस्तान्तरण


११, कात्तिक २०८१
  • 269
    SHARES
  • मन्त्री चौधरीद्वारा सिँचाइ योजना उपभोक्ता समितिलाई हस्तान्तरण

    गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका-८ तुराङ्ग हुग्दीखोलामा निर्माण सम्पन्न गरिएको सिँचाइ योजना स्थानीय उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ ।

    जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय गुल्मीले आर्थिक वर्ष २०७८/२०७९ देखी शुरु गरेको सिंचाइ योजना आर्थिक वर्ष २०८१/२०८२ को प्रथम चौमासिकमा सम्पन्न गरि उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको जानकारी जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय गुल्मीका प्रमुख भरतप्रसाद सापकोटाले दिनुभयो ।

    सम्पन्न सिंचाइ योजना उपभोक्ताहरुको उपस्थितिमा लुम्बिनी प्रदेशका उर्जा,जलस्रोत तथा सिँचाइ मन्त्री सीता शर्मा चौधरीले उपभोक्ता समितिका अध्यक्ष लेखनाथ पोखरेललाई हस्तान्तरण गर्नुभएको थियो ।

    हस्तान्तरण कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका उर्जा,जलस्रोत तथा सिंचाइ मन्त्री सीता शर्मा चौधरीले योजनाको दिगो संचालनका लागि उपभोक्ता र समितिको विशेष सक्रियता रहनुपर्ने विचार ब्यक्त गर्नुभयो ।

    खेतीयोग्य जमिनमा सिंचाईको पहुँच पुराई कृषकको क्षमता अभिवृद्धि र आधुनिक कृषि प्रविधिको विकास गरि उत्पादन बढाउन लुम्बिनी प्रदेश सरकार प्रयासरत रहेको विचार ब्यक्त गर्दै मन्त्री शर्मा चौधरीले यस क्षेत्रमा कृषिको उत्पादन बढाउन मन्त्रालयको तर्फबाट सिंचाईको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

    जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय गुल्मीको दुई करोड ४३ लाख तीन हजार ३३ रुपियाँ र उपभोक्ता समितिको ११ लाख बराबरको श्रमदानको लागतमा निर्माण सम्पन्न भएको सिँचाइ योजनाको मुलनहर लाइनींग २ हजार ८ सय ९४ मिटर रहेको कार्यालय प्रमुख भरत प्रसाद सापकोटाले बताउनुभयो ।

    सिंचाइ डिभिजन कार्यालय गुल्मी चन्द्रकोट गाउँपालिका वडा नम्बर–८ स्थित यस सिँचाइ योजनाको निर्माण कार्य सम्पन्न भएसँगै यहाँका उपभोक्ताहरु अत्यन्तै खुसी देखिएका छन् । यहाँ रहेका फाँटहरुमा सिँचाइ गर्नका लागि विगतमा किसानहरुले निकै दुःखका साथ अस्थायी कुलो निर्माण गरेर पालो कुर्दै सिँचाइ गर्दै आएका थिए ।

    तत्कालिन जिविसमा रहेको गुल्मी अर्घाखाँची ग्रामिण विकास परियोजना(गार्डेप) र यहाँका स्थानीय उपभोक्ताबीच संयुक्त लगानीमा माइक्रोहाइड्रो निर्माण गर्ने उदेश्यले कुलो निर्माण गरिएसँगै सिँचाइमा केहि सहयोग भएको स्थानीय उपभोक्ता रमेश भण्डारीले बताउनुभयो ।

    त्यतिबेला दिउँसो खेतमा सिँचाइ गर्ने रातमा माइक्रोहाइड्रोमार्फत विद्युत उत्पादन गरिएको थियो । हालको यस सिँचाइ योजना निर्माणका लागि यहाँका अगुवासँगै उपभोक्ताबाट निकै पहल भएको थियो । विगतको तुलनामा अहिले खेतमा सिँचाइ गर्न निकै सजिलो भएको भण्डारीले बताउनुभयो ।

    सम्पन्न सिँचाइका योजनाबाट सिंचाइका लागि पर्याप्त पानी पुग्नुका साथै रातको समयमा २५ किलोवाटसम्म विद्युत समेत उत्पादन गरिएको र यसबाट दुई विद्यालय, पाँच मन्दिर, तीन कुटानि पिसानी मिल, दुई फर्निचर उधोग समेत सञ्चालनमा रहेका छन ।

    २ सय ६५ घरधुरी विद्युतबाट प्रत्यक्ष लाभान्वित भएका छ भने यस सिँचाइ योजनालाई पूर्ण रुपमा सञ्चालन गर्न सकिएमा रातदिन विद्युत उत्पादनसँगै खेतमा सहज सिँचाइ गर्न सकिने यहाँका स्थानीयले बताएका छन् ।

    योजना हस्तान्तरण कार्यक्रममा लुम्बिनी प्रदेशका उर्जा,जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव मिनराज ढकाल, गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्री, उपाध्यक्ष विष्णु प्रसाद भण्डारी र जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय गुल्मीका प्रमुख भरत प्रसाद सापकोटा लगायतको उपस्थितीमा रहेको थियो ।

    उहाँका अनुसार सिँचाइ मुहान एक, डिसेल्टीङ्ग बेसिन एक, भिआरबी तीन र ड्रप (फल) ११ वटा निर्माण गरिएको छ । सिँचाइ योजनाले कूल एक सय हेक्टर क्षेत्रफल जमिन ओगटेको छ ।

    जसमा सिँचाइ योग्य जमिन ८५ हेक्टर क्षेत्रफल छ । यस योजनाबाट १ सय ४४ घरधुरी प्रत्यक्ष लाभान्वित भएका उपभोक्ता समितिका अध्यक्ष लेखनाथ पोखरेलले बताउनुभयो ।

    योजनालाई व्यवस्थित रुपमा सञ्चालन तथा मर्मत सम्भार कृषकहरुले गर्नुपर्ने भन्दै आवश्यकताका आधारमा प्राविधिक सहयोग तथा क्षमता अभिवृद्धिको लागि आवश्यक तालिम कार्यालयले उपलब्ध गराउने कार्यालय प्रमुख सापकोटाले बताउनुभयो ।

    उहाँका अनुसार सिँचाइ मुहान एक, डिसेल्टीङ्ग बेसिन एक, भिआरबी तीन र ड्रप (फल) ११ वटा संरचना निर्माण गरि आर्थिक वर्ष २०८०/२०८१ मा हस्तान्तरण गर्ने गरि २०७९ वैशाख ८ गते कार्यालय,निर्माण व्यवसायी बावुल पन्थ जे.भी. र उपभोक्ता समितिबीच सम्झौता भएको थियो ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend