Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लुम्बिनी विकास कोषको बजेट परिषद बैठकद्धारा पारित


२८, कात्तिक २०८१
  • 137
    SHARES
  • लुम्बिनी विकास कोषको बजेट परिषद बैठकद्धारा पारित

    काठमाण्डौ । लुम्बिनी विकास कोषको परिषद बैठकले आर्थिक बर्ष २०८१/०८२ को बजेट पारित गरेको छ ।

    कोषका अध्यक्ष सँस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा काठमाण्डौमा बसेको परिषद बैठकले बजेट पारित गरेको हो । परिषदले कुल ७७ करोड ५५ लाख ९२ हजारको आय – व्यय अनुमान गरी प्रस्तुत बजेट पारित गरेको हो  ।

    कोषका कोषाध्यक्ष ढुण्डिराज भटराई सिद्धिचरणले प्रस्तावित गरेको आन्तरिक तर्फ ३२ करोड ५५ लाख ९२ हजार र नेपाल सरकारको अनुदान ४५ करोड गरी उक्त कुल आम्दानी खर्चको अनुमान गरेको हो । कोषका सदस्य सचिव सानुराजा शाक्यले आगामी बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए उक्त दुवै प्रतिवेदन सुझाव सहित पारित गरिएको छ ।

    प्रस्तुत बजेट नीति र कार्यक्रमहरुले आय बढाउन दर्शनार्थिहरुको संख्या बढाउने, दियो बत्तिको सेवालाई थपबृद्धि बिस्तार गर्ने, उपहार, दान तथा चन्दा व्यवस्थापन गर्ने, काठ लिलाम बिक्री, पार्किंग, लुम्बिनी प्रबद्र्धनात्मक सामग्री उत्पादन र वितरणमा प्राथमिकता दिएको छ ।

    व्ययतर्फ लुम्बिनी गुरुयोजनाको कार्यन्वयन, युनेस्को विश्वसम्पदा कमिटीका सुझाव कार्यन्वयन, पुर्वाधार निर्माण, तिलौराकोटलाई विश्वसम्पदा सूचिमा सुचिकृत गर्ने र स्थानिय तह संगका सहकार्य व्यय गर्ने योजनाहरु प्राथमकितामा छन ।

    बैठकलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले लुम्बिनीको विकास र सुधारमा मन्त्रालय र आफनो तर्फबाट पर्याप्त रुपमा सकारात्मक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलमा अन्तराष्ट्रिय उडान शुरु भएकाले यसबाट लुम्बिनी र त्यस क्षेत्रका पर्यटकीय क्षेत्रले लाभ लिनुपर्ने बताए ।

    बैठकलाई राज्य मन्त्री अरुण चौधरीले समयको सदुपयोग गरेर कामलाई तिब्रता दिनुपर्नेमा जोड दिए । बैठकमा कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामाले लुम्बिनी विकास कोषले अर्थ, परराष्ट्र, गृह र पर्यटन मन्त्रालयबाट यथेष्ट सहयोग नपाएको गुनासो गर्दै उक्त सहयोग र ढोका खुला राख्ने हो भने लुम्बिनी गुरुयोजना कार्यन्वयन सक्न सरकारको अनुदान बिना नै पुरा गनै सकिने तर नेपालको नीतिमा उद्धार व्यवस्था हुनुपर्ने बताए ।

    बैठकले लुम्बिनीमा रहेका राम्रोसंग सञ्चालनमा नआएका बिहार, गुम्बाहरुको अध्ययन गरी तिनको करार प्रक्रिया र अवधिमा पुन मुल्यांकन गर्न अध्ययन कार्यदल बनाउने निर्णयका साथै कर्मचारी संगठनको बदलिदो आवश्यकता अनुरुप पुन संरचना गर्ने निर्णय पनि गरेको छ ।

    बैठकमा परराष्ट्र सचिव, पर्यटन सचिव, अर्थ मन्त्रलायका सहसचिव सहित उपस्थिती रहेको थियो ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend