Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मन खाेलेर लगानी गर्नुस, सरकार वातावरण बनाउन प्रतिबद्ध छ : मुख्यमन्त्री आचार्य


१४, मंसिर २०८१
  • 162
    SHARES
  • मन खाेलेर लगानी गर्नुस, सरकार वातावरण बनाउन प्रतिबद्ध छ : मुख्यमन्त्री आचार्य

    भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित हवाई उडानका लागि भिसा स्वीकृति, श्रम स्वीकृति, स्वास्थ्य परिक्षणकाे काम यहीँबाट गर्नेगरी प्रदेश सरकारले पहल लिएकाे बताएका छन ।

    गौतमबुद्ध विमानस्थलको दिगो सञ्चालन, लगानी र सम्भावना बिषयक छलफल कार्यक्रमलाई भैरहवामा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले अन्तर्राष्ट्रिय उडानले बुटवल भैरहवामा मात्र नभई सिंगो लुम्बिनी प्रदेशमा उत्साह जगाएको बताउदै संघीय सरकारलाई यहाँबाट भिसा स्वीकृति, श्रम स्वीकृति र स्वास्थ्य परिक्षणकाे काम अघि बढाउन आग्रह गरे ।

    विमानस्थल सञ्चालनमा आएपछि लगानीकाे थप वातावरण तयार भएको बताउदै उनले सरकारले लगानीमैत्री कानुन बनाउने जानकारी दिए । प्रदेश भित्र सरकारले लगानीकाे वातावरण बनाउन कुनै कसर बाँकी नराख्ने भनाइ उनकाे छ ।`मन खाेलेर लगानी गर्नुस, सरकार वातावरण बनाउन प्रतिबद्ध छ । कानुन बाधक छन भने हामी त्यसलाई संशोधन गर्न तयार छाैं´उनले भने-`व्यवसायी साथिहरुले उद्योग, व्यवसायमा लगानी गर्नुपर्छ । तर, अहिले साथिहरुले शेयर बजारमा ध्यान दिएको जस्तो लाग्छ । उद्योग, व्यवसायबाट उत्पादन र आम्दानी बढाउन सकिन्छ ।´

    विमानस्थल सञ्चालनको लागि लुम्बिनी प्रदेशको सिंगो मन्त्रीमण्डल डेलिगेसन गएको स्मरण गर्दै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि प्रदेश सरकारले पहलकदमी गरेको समेत बताए । ‘जतिबेला हामीले पदवहाली गर्यौं । त्यतिबेलै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नुपर्छ भनेर सिंगो मन्त्रीमण्डल नै डेलिगेसन जाने काम भयो । प्रदेश सरकारले पहलकदमी गरिरहेको थियो । पछि संघिय सरकारले त्यो कुरालाई आत्मसाथ गरेर सञ्चालनमा आएको हो’ मुख्यमन्त्री आचार्यले भने ,‘अन्तराष्ट्रिय उडानले बुटवल भैरहवामा मात्र नभई सिंगो लुम्बिनी प्रदेशमा नै उत्साह जगाएको छ । त्यो मानेमा प्रदेश सरकार खुशी छ ।’

    नियमित उडानका लागीनै विमानस्थलमा जहाज आएको हाे, ‘विमानस्थल चल्छ, अब उडान रोकिँदैन ढुक्क हुनुहोस्’ । मुख्यमन्त्री आचार्यले भने,‘अव चीनको सिचुआनबाट गौतमबुद्ध विमानस्थलमा सिधा दैनिक उडानको लागि पनि पहल गरेका छौं ।’

    हालै भएको चीनको सिचुआन प्रान्तको भ्रमणको क्रममा मुख्यमन्त्री आचार्यले सिधा हवाई उडानको बारेमा प्रस्ताव राखेका थिए ।‘भर्खर म चिन गएर आएँ । चिनको सिचुवानबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि दैनिक उडान गराउनु पर्छ भनेर मैले कुरा राखेको छु’ उनले भने, ‘त्यहाँको प्रदेश सरकारले हामीले संघिय सरकारसँग कुरा गरेर अगाडि बढाउँछौं भनेर पनि भनेका छन । अन्तर्राष्ट्रिय फोरमहरुमा हामीले यो कुरा गरिरहेका छौं ।’

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछी पर्यटन व्यवसायले फड्को मार्ने चरणमा रहेको बताउदै सोही अनुसारको पर्यटन पूर्वाधारमा लगानी बढाउन उनले जोड दिए । उनले लुम्बिनी आउने पर्यटकलाई लुम्बिनी पर्यटन सर्किटको माध्यमबाट प्रदेशभर भ्रमणको वातावरण सरकारले बनाउने प्रतिबद्धता व्यक्त गरे ।

    नेपाल चेम्बर लुम्बिनी र टक्सार मिडिया ग्रुप लगायका संघ संस्थाकाे संयुक्त आयोजनामा भैरहवामा गौतमबुद्ध विमानस्थलको दिगो सञ्चालन, लगानी र सम्भावना बिषयमा छलफल कार्यक्रम राखिएको हो । कार्यक्रममा उद्योगी, व्यवसायीहरुले विमानस्थल चलायमान हुदा बेग्लै आशाकाे सञ्चा भएकाे र यसलाई कायम राख्दै दिगाे बनाउन जाेड दिएका छन ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend