काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन रुपन्देही पुगेका छन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली यति एयरलाइन्सको जहाजबाट भैरहवा पुगेका हुन् ।
मुख्यमन्त्री चेतनारायण आचार्यलेले प्रधानमन्त्रीलाई भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा स्वागत गरेका छन् ।
प्रधानमन्त्री ओली र अर्थमन्त्री विष्णु पौडेल लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुने लुम्बिनी गएका हुन् ।
कार्यक्रममा प्रधानमन्त्रीसहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री विद्या भट्टराई सहभागी हुँदै छन् ।
तेस्रो दीक्षान्त समारोह तथा विश्वविद्यालयको २० औँ वार्षिक उत्सव समारोह प्रधानमन्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा लुम्बिनी विकास कोषको अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा हुने कार्यक्रम छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका विद्यावारिधि, स्नातकोत्तर र स्नातक तहका गरि २ सय ८९ जना विद्यार्थी दीक्षित हुँदै छन् ।