Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

स्थानीय तह उपनिर्वाचन : लुम्बिनी प्रदेशका पाँच स्थानमा मतदान हुँदै


१६, मंसिर २०८१
  • 131
    SHARES
  • स्थानीय तह उपनिर्वाचन : लुम्बिनी प्रदेशका पाँच स्थानमा मतदान हुँदै

    दाङ । स्थानीय तह उपनिर्वाचनअन्तर्गत लुम्बिनी प्रदेशका रिक्त ५ पदमा आज उपनिर्वाचन हुँदैछ ।

    रिक्त ६ पदमध्ये एक स्थानमा निर्विरोध रुपमा माओवादीले जितेको छ । आज ५ स्थानमा उपनिर्वाचन हुन लागेको हो । यसअघि कांग्रेसले ४ र माओवादीले २ स्थानमा जितेका थिए ।

    लुम्बिनी प्रदेशको एकमात्रै हिमाली जिल्ला रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा उपाध्यक्ष पदको लागि आज उपनिर्वाचन हुँदैछ । २ नम्बर वडाध्यक्ष पदमा उपनिर्वाचनको तयारी भए पनि दुई उम्मेदारमध्ये एकले फिर्ता लिएपछि निर्विरोध निर्वाचित भएको छ ।

    गत भाद्र २८ गते काठमाडौंदेखि गृह जिल्ला रुकुमपूर्व फर्किँदै गर्दा बाग्लुङको भङखानीमा रा १ झ २०० नम्बर प्लेटको सरकारी गाडी दुर्घटना हुँदा पालिका उपाध्यक्ष भुपेन्द्रा बुढा र वडाध्यक्ष जसबहादुर शेर्पालीको मृत्यु भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।

    सो पालिकामा उपनिर्वाचनअन्तर्गत अहिले मतदान प्रक्रिया अघि बढेको निर्वाचन आयोग रुकुमपूर्वले जनाकारी दिएको छ । गाउँपालिकाका १४ वटा वडामा २२ मतदान केन्द्र रहेको छ । जसमा ५ हजार ६७१ पुरुष र ५ हजार ५०९ महिला गरी ११ हजार १८० जनाले मतदान गर्ने निर्वाचन सहायक अधिकृत ईश्वरीप्रसाद सुवेदीले बताए ।

    सुवेदीले निर्वाचनको सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासनका सुरक्षाकर्मी परिचालन गरिएको र मतदान बिहान ७ देखि साँझ ५ बजेसम्म हुने जानकारी दिए । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र गर्भवती महिलाहरूका लागि प्राथमिकता प्रदान गर्न विशेष व्यवस्था मिलाइएको उनको भनाइ छ । उपनिर्वाचनमा २ नम्बर वडामा जगत घर्ती निर्विरोध निर्वाचित घोषणा भएका छन् ।

    यसैगरी गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १ को अध्यक्ष मोहन घिमिरेको निधनका कारण यहाँ उपनिर्वाचन हुँदैछ । अहिले यहाँ कांग्रेसबाट आनन्द श्रेष्ठ उम्मेदवार बनेका छन् । एमालेले दलबहादुर थापा र माओवादीले दुर्गाबहादुर विकलाई वडाध्यक्ष उम्मेदवार बनाएका छन् । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीले विकास थापा र राष्ट्रिय प्रजातन्त्र पार्टीले इश्वरी खाती क्षेत्रीलाई वडाध्यक्ष उम्मेदवार बनाएका छन् ।

    यस वडामा ४ हजार ५१ जना मतदाता छन् । निर्वाचनका लागि यस पटक तीन वटा मतदानस्थल र ५ वटा मतदान केन्द्र तोकिएको छ ।

    रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ मा कांग्रेसले भूपमणि पुनलाई उम्मेदवार बनाएको छ । यहाँ एमालेले बेगम पुनलाई नै मैदानमा उतारेको छ । माओवादीबाट नरेशजङ्ग शाही उम्मेदवार बनेका छन् ।

    यस्तै नेपाली कांग्रेसले जितेको अर्को ठाउँ बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ हो । कांग्रेसबाट वडाध्यक्ष जितेका सूर्यबहादुर विष्ट जिल्ला समन्वय समिति प्रमुखमा निर्वाचित भएका थिए । यहाँ कांग्रेसले अनिल थारुलाई उम्मेदवार बनाएको छ । एमालेले विष्णुप्रसाद देवकोटा र माओवादीले शेरबहादुर थारुलाई मैदानमा उतारेको छ । यहाँ नागरिक उन्मुक्ति, रास्वपा र राप्रपाका पनि बलिया उम्मेवार रहेका छन् ।

    प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निर्वाचन हुने स्थल वरिपरि, मुख्य हुलाकी सडकलगायतका ग्रामीण सडक शनिबार राति १२ बजेदेखि आइतबार साँझ ७ बजे बेलुकीसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट अनुमतिबाहेकका सवारी साधन आउजाउ बन्द हुने बताइन् । कुल ३ हजार ५०० मतदाता रहेको यस वडामा २ मतदान केन्द्र र ५ मतदानस्थल रहेको छ ।

    कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ मा कांग्रेसले दिनेशकुमार यादवलाई उम्मेदवार बनाएको छ । माओवादीले रफिक महोम्मद खान मुसलमानलाई र एमालेले मोजीव खाँलाई नै फेरि उम्मेदवार बनाएको छ ।

    निर्वाचनमा ३० कर्मचारी र ६ स्वयंसेवक खटाइएका छन् । २०० बढी सुरक्षाकर्मी परिचालन गरिएका छन् ।मतदान सामग्री, मतपत्र र मतपेटिका मतदान केन्द्र पुगिसकेको सहायक मतदान अधिकृत अम्मर ओलीले बताए । आधारभूत विद्यालय अन्राठमा क र ख गरी दुई केन्द्र छन् ।

    यस्तै पूर्ण केशर मावि बगदी र बिकुली पश्चिम डिहको मदर्सामा पनि क र ख केन्द्र छन् । निर्वाचनमा वडाध्यक्षका लागि १० दल र ४ स्वतन्त्र गरी १४ जना उम्मेदवार छन् । कुल ४ हजार ८६८ मतदाता रहेका छन् । कांग्रेसबाट विजयी वडाध्यक्ष तिलकराम यादवको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

    निर्वाचनमा ढुक्कसँग मतदान गर्न सुरक्षाको व्यवस्था कडा पारिएको प्रजिअ विश्वप्रकाश अर्यालले बताए । शुद्धोधन -१ निर्वाचन हुने स्थल वरिपरि र ग्रामीण सडक शनिबार राति १२ देखि आइतबार साँझ ७ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट अनुमतिबाहेकका सवारीसाधन आवतजावत गर्न रोक लगाइएको छ । यहाँ ३ मतदान केन्द्र र ६ मतदानस्थल रहेका छन् ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend