Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रुकुम पूर्व पुथाउत्तरगंगाको समस्या मुख्यमन्त्रीलाई सुनाउँदै किशोरीहरु


२४, मंसिर २०८१
  • 141
    SHARES
  • रुकुम पूर्व पुथाउत्तरगंगाको समस्या मुख्यमन्त्रीलाई सुनाउँदै किशोरीहरु

    दाङ । रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिकाका किशोरीहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटगर्दै समुदायका समस्या सुनाएका छन् ।

    सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा भेट गर्दै किशोरीहरुले गाउँ समाजमा आफुहरुले भोगिरहेका समस्या मुख्यमन्त्री आचार्यलाई सुनाएका हुन । उनीहरुले उज्ज्वल भविष्य र बलियो अभियान सञ्चालनको लागि १७ बुदे माग पत्र मुख्यमन्त्री आचार्यलाई पेश गरेका हुन ।

    मुख्मन्त्री आचार्यले किशोरीहरुले राखेका समस्यालाई प्रदेश सरकारले सम्बोधन गर्ने प्रतिबद्धता जनाउनु भएको छ । किशोरीहरुले थालेको अभियानमा प्रदेश सरकारले साथ दिने बताउँदै उहाँले किशोर किशोरीहरुको स्वास्थ्य, शिक्षा लगायत मनोसामाजिक क्षेत्रमा सहयोग पुर्‍याउनेगरी कार्यक्रम बनाएको जानकारी दिनुभयो ।

    समुदाय केन्द्रित जनजागरण अभियानहरुलाई तिव्रता दिन, त्यस अभियानहरुमा किशोरकिशोरीको सहभागिता सुनिश्चित गरिने पनि उहाँले बताउनुभयो । ‘तपाईहरुले उठाएका मागहरु प्रदेश सरकारले सुन्छ । बालविवाह मुक्त प्रदेश बनाउने अभियानमा यहाँहरुको साथ सहयोग चाहिन्छ’उहाँले भन्नुभयो,‘बनेका नीति, नियम तथा कानुनहरुको कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ ।’

    मुख्यमन्त्री आचार्यले बालविवाहको समस्या समाधान गर्न जनजागरणको अभियानलाई तिब्र पार्नुपर्ने बताउनुभयो । नीगित रुपमा प्रदेश सरकारले सम्बोधन गरेको र छुटेका बिषयलाई आगामी दिनमा सम्बोधन गरिने पनि उहाँले बताउनुभयो । उहाँले पुथाउत्तरगंगामा विकास र समृद्धि पुर्‍याउन प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।

    ‘त्यस क्षेत्रको विकास नगरेसम्म समग्र लुम्बिनी प्रदेशको विकास हुन सक्दैन भन्ने कुरामा प्रदेश सरकार जानकार छ’उहाँले भन्नुभयो–‘पुथाउत्तरगंगा देखी मर्चवारसम्मलाई माथि उठाउन सक्यौं भने प्रदेशको समग्र विकास भएको मानिने छ । यस दिशामा सरकार अघि बढेको छ ।’ भूगोलबाट पछाडी परेको, जनचेतनाको अभावले पनि पछाडी परेका क्षेत्रको पहिचान गरेर प्रदेश सरकारले काम गर्ने जानकारी दिनुभयो ।

    समुदायमा अझैं पनि जातीय छुवाछुत, दाईजो प्रथा, बोक्सीको आरोप लगाउने, छोट्टी बस्ने, बहुविवाह गर्ने जस्ता समाजिक र सांस्कृतिक परम्पराको नाममा हुने हिंसा अन्त्यका लागि प्रदेश सरकारले भूमिका बढाउनुपर्ने किशोरीहरुले माग राखेका छन् ।

    पुथाउत्तरगंगाका बालबालिका र विशेष गरी युवाहरुमा लागू औषधको प्रयोग र मदिरा सेवन बढिरहेको भन्दै यसले घरेलु हिंसा, यौन दुव्र्यवहार र छोट्टी बस्ने जस्ता समाजिक अपराधहरु पनि बढाउने भएकाले समस्या समाधानका लागि बृहत जनचेतनामुलक अभियान चलाउन माग राखिएको छ ।

    स्वास्थ्य चौकीको स्थापना र सहज उपचारसेवा देखि खेल क्षेत्रको विकासका लागि खेलकुद मैदान, खेलकुद सामाग्रीको व्यवस्था गर्न माग राखेका छन् ।

    घर र विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्था गर्नुपर्ने, बालबालिका र जेष्ठ नागरिकहरुलाई समाजिक सुरक्षा भत्ताको व्यवस्था भएता पनि त्यो भत्ता समयमा आइनपुग्ने, महिला, बालबालिका, एकल महिला, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, यौनिक तथा लैङ्गिक अल्पसख्यक र अति विपन्नलाई सहज तरिकाले मासिक भत्ता लिने व्यवस्था मिलाउनुपर्ने माग राखिएको छ ।

    मुख्यमन्त्रीलाई समस्या सुनाउन किशोरी सञ्जालमा आबद्ध स्मृती सेन, प्रतिमा पुन, आरती घर्ती, समृद्धी बुढा, सुप्रिया घर्ती लगायत आउनु भएको थियो ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend