Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अर्घा रजस्थल माविको स्वर्णजयन्ती, विद्यालय सुधार योजना कार्यान्वनयमा मुख्यमन्त्री आचार्यको जोड


२९, मंसिर २०८१
  • 199
    SHARES
  • अर्घा रजस्थल माविको स्वर्णजयन्ती, विद्यालय सुधार योजना कार्यान्वनयमा मुख्यमन्त्री आचार्यको जोड

    अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सन्धिखर्क नगरपालिका–९ रहिसचौर स्थित अर्घा रजस्थल माध्यमिक विद्यालयको स्वर्णजयन्ती महोत्सवको उद्घाटन गर्नु भएको छ । भब्य कार्यक्रमका बिच मुख्यमन्त्री आचार्यले स्वर्णयन्ती महोत्सवको शनिबार उद्घाटन गर्नु भएको हो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर बढाउन विद्यालय सुधार योजनालाई प्रभावकारी कार्यान्वयन गर्न जोड दिनुभयो ।

    ‘एक्लो प्रयासले मात्रै शैक्षिक गुणस्तर बढाउन सकिदैन । यसका लागी चौतर्फी सहकार्य र साझा प्रयासको खाँचो पर्दछ’उहाँले भन्नुभयो,‘विद्यार्थीलाई उत्प्रेरित गर्ने, अभिभावक जागरुक हुने, शिक्षक तथा विद्यालय परिवार उत्साहित भएर विद्यालय सुधार योजनालाई प्रभावकारी कार्यान्वयनमा जुट्न जरुरी छ ।’

    अर्घा रजस्थल माध्यमिक विद्यालयलाई यहाँ सम्म ल्याईपुर्‍याउन धेरैको योगदान र भूमिका रहेको स्मरण मुख्यमन्त्री आचार्यले गर्नुभयो । ‘यो विद्यालयलाई यहाँ सम्म ल्याइपुर्‍याउने धेरै अग्रजहरु हुनुहुन्छ । कति त दिवंगत हुनुभयो, उहाँहरु प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु’उहाँले भन्नुभयो,‘विद्यालयलाई अघि बढाउन अझैं क्रियासिल रहनुभएकाहरु प्रति हार्दिक धन्यवाद भन्न चाहन्छु ।’

    विद्यालय सञ्चालन गर्दा शिक्षकहरुलाई तलब खुवाउन नसक्ने अवस्थाबाट पार पाउदै आजको अवस्थामा आइपुग्दाको क्षणको स्मरण गर्नु भएका मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले विद्यालयको शैक्षिक उन्नयनका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘विद्यालय सञ्चालन गर्दा पठनपाठन गराउने गुरुहरुलाई तलब खुवाउन समस्या थियो ।

    भैलो खेलेर जम्मा गरेको रकमबाट तलव खुवाईन्थ्यो’उहाँले विगत सम्झदै भन्नुभयो,‘अहिले विद्यालय विशाल भएको छ । जस्तो सोंचेका छौं, विद्यालयलाई त्यहाँ सम्म पुर्‍याउन जरुरी छ ।’

    स्वर्णजन्तीको अवसरमा मुख्यमन्त्री आचार्यले विद्यालय परिसरभित्र स्मारिका मञ्चको शिलान्यास समेत गर्नु भएको छ । यो विद्यालयमा मुख्यमन्त्री आचार्यले अक्षरारम्भ गर्दै कक्षा पाँच सम्म अध्ययन गर्नु भएको थियो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसीराम रायमाझीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा स्वर्णजयन्तीको उद्घाटन कार्यक्रम भएको थियो ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend