Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

तिब्बतमा भूकम्पबात  मृत्यू हुनेको संख्या ९५ पुग्यो, १३० जना घाइते


२३, पुस २०८१
  • 214
    SHARES
  • तिब्बतमा भूकम्पबात  मृत्यू हुनेको संख्या ९५ पुग्यो, १३० जना घाइते

    काठमाडौं । चीनमा मङ्गलबार बिहान सिचाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा गएको ७ म्याग्निच्युडको भूकम्पमा परेर ९५ जनाले ज्यान गुमाएका छन् ।

    उक्त भूकम्पमा परी हालसम्म ९५ जनाको मृत्यु पुष्टि भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। त्यस्तै १३० जना भन्दा बढी घाइते रहेको पनि समाचारमा उल्लेख छ। चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि भूकम्प प्रभावित क्षेत्रमा उद्धारका लागि खटिएर क्षति न्यूनिकरण गर्न निर्देशन दिएका छन्। सयौंको संख्यामा सुरक्षाकर्मीहरू परिचालन भएका छन्।

    चिनियाँ सञ्चारमाध्यमले उक्त धक्का ६.८ म्याग्निच्युडको भएको जनाएका छन् । नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ७ म्याग्निच्युडको धक्का मापन गरिएको जानकारी गराएको छ । केन्द्रका अनुसार, तिब्बतको दिंगी आसपास केन्द्रविन्दु भएर बिहान ६ बजेर ५० मिनेट मा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।

    उक्त भूकम्पका कारण नेपालका पूर्वी पहाडी जिल्लाका केही स्थान प्रभावित भएका छन् । भूकम्पकाकारण ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा र ताप्लेजुङ प्रभावित भएका छन्।

    भूकम्पका कारण कोशीका पहाडी जिल्लामा अहिलेसम्म ६ वटा घर भत्किएको जानकारी आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सिन्धुपाल्चोक भोटेकोसे गाउँपालिका ४ स्थित प्रहरी चौकी भवन चर्किएको छ। रामेछापमा एउटा गोठमा भूकम्पले क्षति पुर्‍याएको छ ।

    यता बारामा भूकम्पको धक्का गएपछि भाग्नेक्रममा एक दर्जन विद्यार्थी बेहोस भएका छन् । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएको र उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।

    काठमाडौंमा पनि भूकम्पबाट भाग्नेक्रममा एक व्यक्ति घाइते भएका छन् । उनी डेढ तले घरको छतबाट हामफालेर भाग्न लाग्दा घाइते भएको प्रहरीले जनाएको छ ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend