Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

 ताइवानमा शक्तिशाली भूकम्प


८, माघ २०८१
  • 134
    SHARES
  •  ताइवानमा शक्तिशाली भूकम्प


    काठमाडौं, ८ माघ ।  ताइवानको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ ।  अमेरिकी भूंगर्भ सर्वेक्षणका अनुसार मङ्गलवार बिहान ६.४ रिक्टर स्केलको भूकम्प गएको हो । 


    नेपाली समय अनुसार राति १ः४५ बजे गएको भूकम्पका कारण १५ जना घाइते भएको जानकारी प्राप्त भएको छ ।  भूकम्पको केन्द्रबिन्दु ताइवानको युजिङ सहरबाट १२ किलोमिटर उत्तरमा रहेको थियो । 

    ताइवान फायर डिपार्टमेन्टका अनुसार घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ। घाइते हुनेमा एक बालक समेत रहेका छन् । भूकम्पबाट भत्किएको ताइनान सहरको नान्क्सी जिल्लामा रहेको घरको भग्नावशेषबाट उद्धार गरिएका ६ जना घाइते भएका छन् । 


    भूकम्पका कारण राज्य राजमार्गमा रहेको झुवेई पुलमा पनि क्षति पुगेको छ तर कसैको मृत्युको खबर भने आएको छैन ।


    मिन्ट रिपोर्टका अनुसार ताइवानमा सन् २०२३ को अप्रिलमा पनि भूकम्पको शक्तिशाली धक्का महसुस भएको थियो। हुआलियन सहरमा ७।४ म्याग्निच्युडको भूकम्प गएको थियो, जसमा १३ जनाको ज्यान गएको थियो भने एक हजारभन्दा बढी घाइते भएका थिए । 

    ताइवान देश प्रशान्त महासागरको रिंग अफ फायरमा अवस्थित छ, त्यसैले यस देशमा बारम्बार भूकम्प जान्छ। ताइवान दुई टेक्टोनिक प्लेटको बीचमा रहेको कारण भूकम्पको सबैभन्दा संवेदनशील क्षेत्रमा पर्छ। सन् २०१६ मा ताइवानमा गएको भूकम्पमा एक सयभन्दा बढीको मृत्यु भएको थियो । समाचार एजेन्सी

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend