Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

 टर्कीको एक स्की रिसोर्ट होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु


९, माघ २०८१
  • 139
    SHARES
  •  टर्कीको एक स्की रिसोर्ट होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु

    काठमाडौं, ९ माघ। उत्तरपश्चिम टर्कीको एक स्की रिसोर्ट होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु भएको छ । ५० भन्दा बढी घाइते भएका छन् ।

    बोलु प्रान्तको कार्तलकायामा अवस्थित १२ तले ग्राण्ड कार्तल होटलको चौथो तलामा रहेको रेष्टुरेन्टबाट आगो सल्किएको थियो । त्यतिबेला होटलमा २३४ पाहुना थिए ।

    आगलागीपछि कतिपय मानिसहरु आत्तिएर होटलबाट हामफालेका थिए । होटलबाट हामफाल्दा दुई जनाको मृत्यु भएको थियो । अन्यको मृत्यु धुँवामा निसास्सिएर भएको थियो ।

    आगलागीबाट होटल धुँवैधुँवाले भरिएको थियो । त्यसैले धेरैलाई होटलभित्रै पनि बाहिर निस्किने बाटो पहिल्याउन कठिन भएको थियो । स्थानीय मिडियाहरुका अनुसार आगो लाग्दा पनि चेतावनीको साइरन बजेको थिएन ।

    टर्कीका गृहमन्त्री अलि येरलिकायाले घटनास्थलको निरीक्षणपछि ७६ जनाको मृत्यु र कम्तिमा ५० जना घाइते भएको जानकारी पत्रकारहरुलाई दिएका छन् । उनले यो घटनाबाट सरकार दुःखी भएको बताए । एजेन्सी 

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend