Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रदेशका कानुनहरु कार्यान्वयनमा लैजान न्यायाधिवक्ताले बुझाए प्रतिवेदन


११, माघ २०८१
  • 148
    SHARES
  • प्रदेशका कानुनहरु कार्यान्वयनमा लैजान न्यायाधिवक्ताले बुझाए प्रतिवेदन

    विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ समक्ष मुख्य न्यायाधिवक्ताले प्रतिवेदन बुझाएका छन् । विराटनगर स्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा मुख्य न्यायाधिवक्ताको सातौं प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख परशुराम खापुङले संघियता कार्यान्वयनमा प्रदेशका कानुनहरु प्रभावकारी बन्नुपर्ने र कार्यान्वयनमा लैजान सक्नुपर्ने बताउनुभयो । 

    उहाँले कानुनी शासन र कानुन कार्यान्वयनमा मुख्य न्यायाधिवक्ताको भूमिका अझै प्रभावकारी बनाउदै लैजान आग्रह गर्नुभयो । उहाँले मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको कानुनी सल्लाहकार समेत भएकाले प्रदेश सरकारले गरेका कार्यहरुको कानुनी बचाउ गर्ने भूमिका निर्वाह गर्न सक्नुपर्ने धारणा राख्नुभयो । 

    मुख्यन्यायाधिवक्ताको काम कर्तव्य, अधिकार र सेवाका अन्य शर्त सम्बन्धि ऐन २०७५ बमोजिम मुख्य न्यायाधिवक्ता नारायण वस्तीले प्रदेश प्रमुख खापुङलाई आर्थिक वर्ष ०८०/८१ को सातौं प्रतिवेदन बुझाउनुभएको थियो । प्रतिवेदन बुझाउदै मुख्यन्यायाधिवक्ता वस्तीले सो कार्यालयको प्रगति समिक्षा प्रस्तुत गर्नुभएको थियो  ।

    सो कार्यक्रममा प्रदेश प्रमुखको कार्यालयका सचिव सहित कर्मचारीहरु र मुख्य न्यायाधिवक्ताको कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend