Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अफ्रिकामा खडेरीका कारण २७ लाख मानिस विस्थापित


१, साउन २०८०
  • 106
    SHARES
  • अफ्रिकामा खडेरीका कारण २७ लाख मानिस विस्थापित

    अफ्रिका । संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले अफ्रिकाको सोमाली क्षेत्रमा खडेरीका कारण करिब २७ लाख मानिस विस्थापित भएको जनाएको छ ।

    क्षेत्रीय स्थिति अद्यावधिक प्रतिवेदनमा डब्लुएफपीले सोमालियामा १७ लाख, इथियोपियामा पाँच लाख १६ हजार र केन्यामा चार लाख ६६ हजार मानिस खडेरीका कारण विस्थापित भएको जनाएको हो ।

    डब्लुएफपीको प्रतिवेदनले तीन देशका खडेरी प्रभावित क्षेत्रमा लाखौं शरणार्थीको आगमनले यस क्षेत्रमा खाद्य असुरक्षा बढाएको उल्लेख गरेको छ । “सन् २०२० को अन्त्यदेखि लगातार सामान्यभन्दा कम वर्षा भएपछि ‘हर्न अफ अफ्रिका’ भनेर चिनिने सोमाली प्रायद्वीपमा व्यापक मौसमी खडेरी परेको छ, जसले कृषि, पशुधन, वनस्पति, जलस्रोत, जीविकोपार्जन र चरन स्रोतलाई प्रभावित पारेको छ,” डब्लुएफपीको प्रतिवेदनमा भनिएको छ ।

    संयुक्त राष्ट्रसङ्घीय निकायले उक्त क्षेत्रमा लामो समयदेखिको खडेरीका कारण दुई करोड ३४ लाख मानिस खाद्य असुरक्षामा परेको र ५१ लाख बालबालिका कुपोषित भएको अनुमान गरेको छ ।

    यस वर्षको सुरुमा डब्लुएफपीले मार्चदेखि मे २०२३ को बीचमा अर्को खराब वर्षायामको घटनाले उक्त प्रायद्वीपका समुदायहरूमा विनाशकारी परिणामहरू ल्याउने चेतावनी दिएको थियो ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend