Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लुम्बिनी प्रदेशको आठौं स्थापना दिवस सम्पन्न


२१, माघ २०८१
  • 176
    SHARES
  • लुम्बिनी प्रदेशको आठौं स्थापना दिवस सम्पन्न

    दाङ । लुम्बिनी प्रदेशको आठौं स्थापना दिवस उत्सवको रुपमा मनाइएको छ । प्रदेश सरकार र प्रदेश सभाले संयुक्त कार्यक्रमको आयोजना गरेर स्थापना दिवस उत्सवको रुपमा मनाएको हो ।

    प्रदेश सभा परिसर राप्ती उपत्यका(देउखुरी)मा भब्य रुपमा आयोजना गरिएको दिवसको मुल समारोहमा विभिन्न समुदायको झाँकी प्रदर्शन गर्नुका साथै मन्त्रालयत स्टलहरु राखेर सरकारले गरेका कामहरु सार्वजनिक गरिएको छ ।

    प्रदेशलाई बलियो र स्थापित बनाउन संविधानले दिएको अधिकारको पूर्ण कार्यान्वयन नै आजको आवश्यकता रहेकोमा जोड दिइएको छ । संघीय शासन व्यवस्था लागु भएपनि प्रदेशलाई बलियो बनाउने सवालमा संघीय सरकारले अधिकार प्रत्यायोजन गर्न ढिला गर्न नहुनेमा जोड दिइएको हो । तीन तहको सरकार मध्ये प्रदेश संघीयताको बलियो आधार भएको, संघीय शासनलाई बलियो बनाउन प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा वक्ताहरुको जोड छ ।

    लुम्बिनी प्रदेश स्थापना दिवसको उद्घाटन गर्दै प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले जनता बलियो हुने शासन व्यवस्था नै संघीय शासन व्यवस्था भएको बताउनुभयो । उहाँले जनताको सेवकको रुपमा जनप्रतिनिधि रहेको भन्दै जनता भन्दा माथि कोही नहुनेमा जोड दिनुभयो । ‘जनताको शासन हो । यहाँ जनता नै जनादर्शन हुन’उहाँले भन्नुभयो,‘जन भावना अनुसार नै काम कारबाही अघि बढ्नुपर्छ ।’

    मुख्यमन्त्री चेतनारायण आचार्यले तीन तहका सरकारका बीचमा प्रदेशलाई अब्बल बनाउन सक्नेगरी लुम्बिनी प्रदेशले उदारण दिन सफल भएको बताउनु भएको छ । ‘प्रदेश सरकारको उपादेयता र औचित्य, हाम्रो काम गराई, इमान्दारिता, सुशासन, सेवा प्रवाह एवं स्थायित्व प्राप्त सरकारबाट मात्रै दिन सकिन्छ भन्नेमा हामीमा द्विविधा पक्कै पनि नहोला ।

    प्रदेश सरकार तीन तहका सरकारका बीचमा पनि अव्बल बन्न सक्छ भन्ने उदाहरण हाम्रा धेरै कामहरुले दर्शाएका छन्’उहाँले भन्नुभयो,‘हामीले यस ७ बर्षको अवधिमा प्रदेश सभा र प्रदेश सरकारबाट करिब ११० को संख्यामा कानुनहरु निर्माण गरेका छौं । यसबाट हामीलाई नेपालको संविधानबाट प्राप्त अधिकारको सीमा भित्र रहँदै प्रदेशका काम कारवाही अघि बढाउन, प्रदेश सकारको सञ्चालन र व्यवस्थापनका लागि कानुनी एवं वैधानिक आधार तयार भएको छ ।’

    प्रदेश तहमा अझैं धेरै कानुनहरु तर्जुमाको चरणमा रहेको, सङ्घीय कानुनको निर्माण तथा मापदण्डको तर्जुमाका विषयमा सङ्घीय सरकारसँग समन्वय गर्नुपर्ने आवश्यकता रहेको भनाई उहाँको छ । सङ्घीय सरकारसँगको सहकार्य, स्थानीय तहसँगको समन्वय सहितको सह–सम्बन्धबाटै प्रदेशको कार्य सञ्चालनलाई प्रभावकारी पार्न सकिने विश्वास व्यक्त गर्नु भयो । ‘प्रदेश सरकारका लागि समग्र लुम्बिनी प्रदेश साझा घर हो ।

    यस भित्र बसोबास गर्ने सबै नागरिक हाम्रा दाजु भाई दिदि बहिनी हुन्’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘१०९ वटै स्थानीय सरकार हाम्रा लागि समान हक राख्ने हाम्रा आफ्नै अवयवहरु हुन् । यीनको बीचमा समान विकासका अवसर, बजेट, पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, पुल पुलेसा, कृषि, सिंचाई, उत्पादन, रोजगारी, उद्यम्, पर्यटन समेतका क्षेत्रमा स्थान विशेषका आधारमा विशिष्ट एवं पृथक प्राथमिकता तर समान न्यायका साथ हाम्रो विकासको विनियोजन गर्नुपर्ने आवश्यकतालाई समेत हामीले राम्ररी मनन् गरेका छौं ।’

    सभामुख तुलाराम घर्तीमगरले प्रदेश तह संघीयताको नयाँ संरचना भएकाले यसको स्थायित्वको लागि सबैले प्राथमिकतामा राख्नुपर्ने आवश्यक रहेको बताउनु भयो । ‘संघीय संरचनामा प्रदेश तह झनै नयाँ हो । पहिला कुनै न कुनै हिसावले संघीय र स्थानीय सरकार थिए । वास्तविक संघियताको अभ्यास गर्ने थलो प्रदेश तह हो’उहाँले भन्नुभयो,‘संघीय शासन प्रणालीलाई बास्तिक रुपमा आत्मसाथ गर्न जरुरी छ ।’

    नेपाली कांग्रेसका दल नेता तथा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशलाई अधिकार सम्पन्न बनाउन संघीय सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । ‘गालि हामीले खानुपर्ने, अधिकार काठमाडौंमा राख्नुपर्ने’उहाँले भन्नुभयो,‘अधिकार तलसम्म पुग्छ भनेर संविधानमा लेखियो । तर, अझैं अधिकार माथिनै रह्यो ।’ प्रदेशलाई बलियो बनाउन अधिकार सम्पन्न बनाइनुपर्ने धारणा उहाँको छ ।

    प्रतिपक्ष दलका नेता तथा पूर्व मुख्यमन्त्री जोखबहादुर महराले समृद्ध प्रदेशको लक्ष्य प्राप्त गर्न सबैको बिचमा साझा प्रतिबद्धता चाहिने बताउनुभयो । ‘समृद्ध प्रदेशको लक्ष्य प्राप्ति गर्न प्रदेश सरकार सफल भएको छ । अझ यसलाई अघि बढाउन सबैको बिचमा साझा प्रतिबद्धता र प्रयासको खाँचो छ’उहाँले भन्नुभयो,‘प्रदेशलाई कानूनी रुपमा बलियो बनाउन केही ऐनहरु अझैं बनाउन बाँकी छन् । ति ऐनलाई पुरा गर्ने जिम्मेवारी प्रदेश सरकारमा छ ।’

    पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले आफुलाई अब्बल सावित गर्न अझैं ऐतिहाँसिक कामहरुलाई अघि बढाउन आवश्यक रहेको धारणा राख्नुभयो । ‘प्रदेशको सुरुवाती दिनलाई सम्झदा र अहिलेलाई तुलना गर्दा धेरै ऐतिहाँसिक काम भएका छन् ।

    ईतिहाँसलाई जोगाई राख्नुपर्ने छ’उहाँले भन्नुभयो,‘प्रदेश राजधानी कार्यान्वयन, प्रदेशको नामाकरण जस्ता बिषयहरु प्रदेशले टुंग्याएर संघीयताको सहि कार्यान्वयनको उदाहरण दिन सक्यो । यो नै ठूलो उपलब्धी हो ।’ नेकपा एमाले संसदीय दल उप–नेता भोजप्रसाद श्रेष्ठले प्रदेश तहमा अझै उत्साह थप्न जरुरी रहेको बताउनुभयो । राजनीतिक अस्थिरता हटाउदै प्रदेशलाई विकासको लयमा अघि बढाउन सफल प्रयासको थालनि भएको बताउनु भएको हो ।
     
    प्रदेश स्थाना दिवसमा ११ वटा विभिन्न झाँकीहरु प्रदर्शन गरिएका थिए । जस मध्ये शितगंगा नगरपालिकाको सोरठी भैलो झाँकी पहिलो, पञ्चेबाजा झाँकी गढवा दोस्रो, झुम्रा नाच राप्ती गाउँपालिका र काहरवा नाच राजपुर गाउँपालिकाले तेस्रो स्थान हाँसिल गरेका थिए ।

    यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय लगायतले स्टलहरु राखेका थिए ।

     

  • तिहारले सामाजिक सद्भाव र सांस्कृतिक एकता बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले नेपाली समाजमा आपसी प्रेम, सद्भाव र

  • आरोप–प्रत्यारोप होइन, जनताको काम गरेर जनमत कमाउनुस् : भण्डारी

    बुटवल । नेपाली कांग्रेसका उपसभापति डा. चन्द्र भण्डारीले अनावश्यक विवाद, आरोपप्रत्यारोप र भ्रम फैलाउन समय

  • लुम्बिनीमा अन्धोपन न्यूनीकरण गर्न स्वास्थ्य सेवामा लगानी बढाइने

    दाङ । लुम्बिनी प्रदेश सरकारले अन्धोपन तथा दृष्टिदोष न्यूनीकरणका लागि आँखा स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्दै

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend