Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सामुदायिक वन समूहमा लगाएको कर तत्काल नहटाए निर्णायक आन्दाेलन गर्ने महासंघकाे चेतावनी


३०, माघ २०८१
  • 169
    SHARES
  • सामुदायिक वन समूहमा लगाएको कर तत्काल नहटाए निर्णायक आन्दाेलन गर्ने महासंघकाे चेतावनी

    भालुवाङ । सामुदायिक वन समूहमा लुम्बिनी प्रदेश सरकारले लगाएको कर तत्काल नहटाए सामुदायिक वन महासंघ लुम्बिनी प्रदेशले निर्णायक आन्दोलन गर्ने चेतावनी दिएको छ ।

    सामुदायिक वन महासंघ लुम्बिनी प्रदेशले आज बुधबार प्रदेश सरकारलाई ध्यानकर्षण–पत्र बुझाउँदै तत्काल कर खारेजी नगरे निर्णायक आन्दोलन गर्ने चेतावनी दिएको हो ।

    वन महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कल्पना भण्डारीको नेतृत्वमा गएको टोलीले लुम्बिनी प्रदेश मुख्यमन्त्री मन्त्री परिषद् कार्यालयका कानुन सचिव रामजी दनाई र लुम्बिनी प्रदेश कै वन तथा वातावरण मन्त्रालयका सचिव मोहन काफ्लेलाई ध्यानकर्षण–पत्र बुझाउँदै तत्काल माग सम्बोधन नभएर निर्णायक आन्दोलनको चेतावनी दिएको हो । सरकारले विधेयक नै बनाएर विभिन्न शीर्षक कर लगाउन खोजेपछि वन महासंघ आन्दोलित हुन लागेको महासंघले जनाएको छ ।

    वन महासंघले लुम्बिनी प्रदेश सरकारको आर्थिक ऐन २०८१ को दफा १३ मा गरिएको व्यवस्थाका कारण सामुदायिक वन संरक्षण र व्यवस्थापनमा गम्भीर नकारात्मक असर पर्नुका साथै सो व्यवस्था नेपालको संविधानको धारा ६०(१), वनसम्बन्धी संघीय कानून र सर्वोच्च अदालतको अन्तरिम आदेश विपरित भएकोले लुम्बिनी प्रदेश सरकारको आर्थिक ऐन २०८१ को दफा १३ मा गरिएको व्यवस्था तत्काल हटाउन माग गरेको छ ।

    यस्तै महासंघले यस अघि प्रदेश सरकारले पटक–पटक कार्यदल बनाई समस्याको सामाधान गर्ने भनि दिएको आस्वासन समेत पुरा नगरेको भन्दै बाध्य भएर निर्णायक आन्दोलनमा जान लागेको महासंघले जनाएको छ । साथै महासंघले गर्ने आन्दोलनबाट उत्पन्न हुने असरको सम्पूर्ण जिम्मा प्रदेश सरकारले लिनुपर्ने चेतावनी समेत दिएको छ ।

    यता लुम्बिनी प्रदेश मुख्यमन्त्री मन्त्री परिषद् कार्यालयका कानुन सचिव रामजी दनाईले ध्यानकर्षण–पत्र बुझ्दै वन महासंघले उठाएको सवाल र मागहरूमा आफू गम्भीर रहेको बताए । उनले सामुदायिक वन समूहले उत्पादन गरेका काठहरू आन्तरिक बिक्री बितरणमा कर लगाउँदा मार परेको महसुस भएको भन्दै यस बिषयमा मुख्यमन्त्री, मन्त्री र प्रमुख सचिव संग आवश्यक छलफल गरी वातावरण सहज बनाउने बताए । बाह्य खपतमा भन्दा आन्तरिक खपतको कर छुटका बिषयमा आफू सकरात्मक रहेको बताए ।

    यस अघि वन महासंघले कर खारेजीको माग गर्दै प्रदेश सरकारको गेट अगाडि आन्दोलन शुरू गरेको थियो । त्यसपछि प्रदृश सरकारले कार्यदल बनाएर बनाएर करको बिषयमा छलफल गरी निकास निकाल्ने गरी सहमतिमा तत्कालका लागि आन्दोलनका कार्यक्रम स्थगित गरेको थियो । आश्वासन दिएको करिब ७ महिना हुन लाग्दा समेत सरकारले छलफलको वातावरण बनाउनुको साटो विधेयक नै ल्याएर कर लगाउन खोजेपछि आफूहरू आन्दोलनको तयारीमा लागेको वन महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष हुमनाथ भट्टराईले बताए ।

    महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कल्पना भण्डारीको नेतृत्वमा महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष हुमनाथ भट्टराई, सचिव मधुकला कँवर, वन महासंघ दाङ जिल्ला अध्यक्ष हरिप्रसाद भुसाल, स्थानीय वन महासंघ गढवाका अध्यक्ष नबराज शर्मा र जनशक्ति सामुदायिक वन समूह वनघुस्रीका अध्यक्ष चित्रबहादुर महताराको उपस्थिती रहेको वन महासंघ लुम्बिनी प्रदेशका प्रेस संयोजक सन्तोषकुमार गुप्ताले जानकारी दिए ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend