Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बालविवाह सामाजिक समस्या र कानुनी अपराध हो : मुख्यमन्त्री कार्की


१, फागुन २०८१
  • 116
    SHARES
  • बालविवाह सामाजिक समस्या र कानुनी अपराध हो : मुख्यमन्त्री कार्की

    मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बालविवाह सामाजिक समस्या र कानुनी अपराधका रूपमा रहेकाले सबैले यसका विरुद्ध ऐक्यबद्धता जनाउनुपर्ने बताएका छन् ।

    जस्ट राईट फर चिल्डेन इन नेपालद्वारा मुख्यमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज आयोजित ‘बालविवाह विरुद्ध प्रतिबद्धतापत्र’मा हस्ताक्षर गर्दै उनले बालविवाहका कारण बालिकाको मानसिक एवं शाररिक स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले यसको नियन्त्रणमा समाजका सबै व्यक्ति जिम्मेवारपूर्वक लाग्नुपर्नेमा जोड दिए ।

    मुख्यमन्त्री कार्कीले प्रदेश सरकार बालविवाहको अन्त्य र नियन्त्रण गर्न अभियानका रूपमा नीति तथा कानुनी निर्माण गरी अगाडि बढेको जानकारी दिए । उनले प्रदेशमा बालविवाह निषेध गरिएको भन्दै कतिपय दुर्गमस्थान तथा पछाडि परेका वर्गमा यो समस्या विद्यमान रहेकाले यसको नियन्त्रण गर्न सुरक्षा निकाय, समाजका सरोकार भएका निकाय एकजुट भएर लाग्नुपर्ने आवश्यकता औँल्याए ।

    हस्ताक्षर कार्यक्रममा सामाजिक अभिन्ता बालकृष्ण पाण्डे, डा.गङ्गाधर अधिकारीलगायतले अन्य प्रदेशमा पनि बालविवाहविरुद्ध प्रतिवद्धता हस्ताक्षर अभियान सञ्चालन गरिसकेको जानकारी दिए । कार्यक्रममा प्रदेशका विभिन्न मन्त्रालयका मन्त्री र सचिवहरूको उपस्थिति थियो । - रासस

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend