अमेरिका । नेपाली जनसम्पर्क समिति , नर्थ क्यारोलाईना च्याप्टर द्वारा आयोजित भेटघाट तथा अन्तरकृया कार्यक्रममा सप्पन्न भएको छ । कार्यक्रम नेपाली कांग्रेसको नेपाली कांग्रेस केन्द्रिय सदस्य डा.डिला संग्रौलाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
नेपालबाट आउने अतिथिहरुसंग भेटघाट र चिनजान गराउने मात्र नभई प्रवासमा बस्ने नेपालीहरु बीच पनि आपसी चिनजान र आत्मीयता बढाउने उद्धेश्यले उक्त कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा नेता पूर्व सांसद डा.डिला संग्रौलाले नेपालमा नेपाली महिलाको अबस्था , नेपालको पछिल्लो राजनीति परिबर्तनको बारेमा र नेपालको समसामयिक बिषयको बारेमा प्रष्ट पारेकी थिइन् । उनले महिला तथा बालबालिकाको क्षेत्रमा उल्लेखिय काम गर्न बाँकी रहेको बताउदै सिमित साधन र श्रोतबाट काम चलाउनु पर्ने अवस्थाका कारण सोचे जस्तो काम नभएको बताईन् ।
त्यस्तै डा.संग्रौलाले नेपालको बिकास र समृद्धिको लागी बिदेशमा रहनुहुने नेपाली दाजुभाइ दिदिबहिनी बिना सम्भावना नभएको भन्दै गैरआवासीय नेपालीहरुको भावना र मागलाई नेपाल सरकारसंग पहल गर्ने जानकारी दिईन् । " नेपाली समाज रुपान्तरणको आधार महिला शिक्षा ,अधिकार र प्रयाप्त रोजगार " बिषयक अन्तरकृया कार्यक्रम फलदायी रहेको सहभागीहरुले बताएका छन् ।
कार्यक्रममा मानवअधिकार एवं बेचबिखन बिरुद्धको संस्था , एबिसि कोशी प्रदेश प्रमुख एवं सामाजिक अभियन्ता बिष्णु पन्त आचार्य,नेपाल सेन्टर अफ नर्थ क्यारोलाईनाका अध्यक्ष राजन पौडेल , बिश्व रक्तदाता अर्जुन मैनाली , नेपाली कांग्रेस बाग्लुङका नेता भूमिश्वर सापकोटा ,नेपाल महिला संघ तनहुंकी नेतृ रुद्रमाया पौडेल , एनआरएनए अमेरिकाका पूर्व बरिष्ठ उपाध्यक्ष एवं बर्तमान एनआरएन अमेरिका क्षेत्रका अध्यक्ष कृष्ण पोख्रेल, नेपाल सेन्टर अफ नर्थ क्यारोलाईनाका पूर्व अध्यक्ष रबिन कार्की , नेपाली जन सम्पर्क समिति , अमेरिकाका पूर्व केन्द्रिय सदस्य बिनोद भट्ट , नेपाली जन सम्पर्क समिति , नर्थ क्यारोलाईना च्याप्टरका उपाध्यक्ष भानु आचार्य , कार्य समिति सदस्य बाबुराम दवाडी , डाक्टर चन्द्र गिरी , तेजेश्वरी गिरी , ईन्दिरा सापकोटा , नेपाल सेन्टर अफ नर्थ क्यारोलाईनाकी सचिव रचना सुबेदी ,नेपाली जन सम्पर्क समिति , नर्थ क्यारोलाईना च्याप्टर पूर्व कोषाध्यक्ष ठाकुर पन्त , समाजसेवी बावु सुबेदी , युवराज पन्त ,होम पान्डे ,ईसान सापकोटा , एनआरएनए नर्थ क्यारोलाईना च्याप्टर कोषाध्यक्ष सुधन थापा , नेपाली अन्तराष्ट्रिय साहित्य समाज , नर्थ क्यारोलाईना च्याप्टर अध्यक्ष शिशिर खनाल ,रीता खनाल ,एनआरएनए नर्थ क्यारोलाईना च्याप्टर पूर्व अध्यक्ष बाबुराम पोख्रेल ,प्रभा पोख्रेल, भक्तराज पोख्रेल , निलु मानन्धर ,दर्पण गौचन , मुना पन्त लगायतको उपस्थित रहेको थियो ।