Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लुम्बिनी प्रदेशसभामा प्रधानमन्त्री ओलीको सम्बोधन : संघीयता, सहकार्य, र कानूनी समन्वयमा जोड


५, फागुन २०८१
  • 155
    SHARES
  • लुम्बिनी प्रदेशसभामा प्रधानमन्त्री ओलीको सम्बोधन : संघीयता, सहकार्य, र कानूनी समन्वयमा जोड

    दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै संघीयताले विकासको ढोका खोलेको र तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन ।

    पवित्र भूमि लुम्बिनीमा उपस्थित हुन पाउँदा अत्यन्तै हर्षित भएको बताउँदै, उनले भगवान गौतम बुद्धको जन्मस्थल तथा अन्य ऐतिहासिक र धार्मिक स्थलहरूले यो प्रदेशलाई विशेष बनाएको उल्लेख गरे ।

    प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेश प्राकृतिक, सांस्कृतिक तथा आर्थिक रूपमा समृद्ध बन्दै गएको र यहाँको राजधानी सफलतापूर्वक कार्यान्वयनमा आएको बताए । संघीयताले विकास सम्भव छ भन्ने उदाहरण लुम्बिनी प्रदेशले प्रस्तुत गरिरहेको उनको भनाइ छ ।

    ओलीले हालै निर्माण सम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल, फराकिलो सडक, तथा पूर्वाधार विकासलाई प्रदेशको प्रगतिको सूचकको रूपमा व्याख्या गरे । साथै, सिद्धबाबा सुरुङ मार्ग लगायतका योजनाहरूले यातायात सहज बनाउने बताउँदै, रामपुर-कपुरकोट सडक निर्माणमा पनि ध्यान दिइएको जानकारी गराए ।

    प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशलाई कृषि, पर्यटन, र औद्योगिक केन्द्रका रूपमा अघि बढाउने योजनाबारे चर्चा गर्दै, मानव-केन्द्रित विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । यदि मानव जीवन छैन भने विकासको कुनै अर्थ रहँदैन, उनले भने ।

    सिंचाइ आयोजना सफल बनाउँदै कृषिलाई प्रवर्द्धन गर्नुपर्ने र वातावरण संरक्षणसँगै विकासका कार्यहरू अघि बढ्नुपर्नेमा उनले जोड दिए । प्रदेशको समग्र विकासका लागि केन्द्र सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।

    सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले प्रदेश सरकारले १,२०० शय्याको लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माण सुरु गरेकोमा प्रशंसा व्यक्त गरे । यो अस्पताल भवन प्रदेश सरकारको ६ अर्ब १८ करोड रुपैयाँ लागतमा बन्न लागेको पहिलो ठूलो पूर्वाधार हो । तर, केन्द्र सरकारले १,००० शय्याको अस्पताल पूर्ण रूपमा सञ्चालन गर्न नसकेको उल्लेख गर्दै, संघ, प्रदेश, र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको बताए । हामीले मिलेर यी स्वास्थ्य संस्थाहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्छ, प्रधानमन्त्रीले भने, सहकार्यबाट मात्र नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सकिन्छ ।

    प्रधानमन्त्री ओलीले प्रविधिको सही सदुपयोगमा पनि जोड दिए । उनले भने, मोबाइलमा गरेका कुरा गोप्य हुँदैनन् । अरूले बनाएको चिज हो । डेटा अन्त जान्छ । प्रविधिको धेरै विकास भएको छ । ठीक सदुपयोग गर्न सक्नुपर्छ ।

    प्रधानमन्त्री ओलीले संघीयता कार्यान्वयनका क्रममा देखिएका चुनौतीहरूलाई पार गर्न तीनै तहका सरकारहरूबीच समन्वय र सहकार्य अपरिहार्य रहेकोमा जोड दिए । हामी सबैले मिलेर मात्र समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न सक्छौं, उनले भने ।

    साथै, उनले प्रदेशहरूले कानूनी संरचना निर्माण गर्दा संघीय सरकारद्वारा स्थापित मौजूदा कानूनहरूलाई आधार मानेर अघि बढ्नुपर्नेमा जोड दिए । संघ सरकारले बनाएका मौजूदा कानूनमा टेकेर प्रदेशहरूले विकास गर्नुपर्छ, प्रधानमन्त्रीले भने, प्रदेशहरूले आफैं कानून बनाउँदा धेरै कानून संशोधन गर्नुपर्ने अवस्था आउन सक्छ, त्यसैले मौजूदा कानूनहरूलाई आधार मानेर अघि बढ्न आग्रह गर्दछु ।

    प्रधानमन्त्री ओलीले ईभीसँगै मुलुक हाइड्रोजन युगमा प्रवेश गरेको बताएका हुन् । ईभीको समयबाट पनि हामी ग्रीन हाइड्रोजनको समयमा गइसक्यौं, प्रधानमन्त्री ओलीले भने, सेफ्टी मेजरमा त्यत्तिकै ध्यान दिने, त्यस (हाइड्रोजन)को ब्याट्री सस्तो र टिकाउ हुन्छ ।

    उनले थपे, पानीबाट अक्सिजन र हाइड्रोजन छुट्ट्याएर हाइड्रोजनलाई कम्प्याक्ट गरेररप्रेसर गरेर सानो ब्याट्री बनाउन सकिन्छ । त्यसले सवारी साधनलाई धेरै परसम्म लैजान सक्छ ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend