Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

वन्यजन्तुबाट क्षति व्यहोरेका ३७ परिवारलाई राहत वितरण


६, फागुन २०८१
  • 164
    SHARES
  • वन्यजन्तुबाट क्षति व्यहोरेका ३७ परिवारलाई राहत वितरण

    जानकी (बाँके) । जिल्लामा वन्यजन्तुबाट मानवीय तथा पशुधनको क्षति व्यहोरेका ३७ परिवारलाई राहत प्रदान गरिएको छ । लुम्बिनी प्रदेश सरकारले उपलब्ध गराएको रकम जिल्लाको एउटा नगरपालिका र तीन वटा गाउँपालिकाका ३७ परिवारलाई राहतस्वरुप प्रदान गरिएको हो ।

    राप्तीसोनारी गाउँपालिकामा ३३ परिवार, खजुरा गाउँपालिकाका एक, वैजनाथका एक र कोहलपुर नगरपालिकाका दुई परिवारलाई क्षतिपूर्ति वितरण गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । कार्यालयका सिनियर वन डिभिजनल अधिकृत शङ्करप्रसाद गुप्ताले दुई वर्षको अवधिमा वन्यजन्तुबाट मानवीय तथा पशुधनको क्षति भएका ३७ परिवारलाई राहत वितरण गरिएको जानकारी दिए ।

    उनका अनुसार ३६ पशुधन पीडितलाई रु नौ लाख १२ हजार पाँच सय र एक मानवीय पीडितलाई रु १० लाख गरी रु १९ लाख १२ हजार पाँच सय क्षतिपूर्ति वितरण गरिएको हो । राहत वितरणमा लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री देवकरणप्रसाद कलवार, वन सचिव मोहनराज काफ्ले र राप्तीसोनारी तथा खजुरा गाउँपालिका अध्यक्षलगायतको उपस्थिति थियो । पदाधिकारीहरूले मृतक परिवारलाई राहत हस्तान्तरण गर्दै आगामी दिनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

    यसअघि निकुञ्जमार्फत सङ्घीय सरकारले राहत उपलब्ध गराउँदै आएकामा वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका, २०८० बनेपछि प्रदेश सरकारले डिभिजन वन कार्यालयमार्फत राहत उपलब्ध गराउन थालेको हो । क्षतिपूर्ति रकमलाई भने दोब्बरसम्म वृद्धि गरेको छ । निर्देशिका अनुसार भैँसी, राँगो वा गोरु, उन्नत जातको गाई, घरपालुवा चौँरी, घोडा र खच्चडको मृत्यु भएमा मूल्याङ्कनका आधारमा अधिकतम प्रतिपशु रु ६० हजारसम्म दिइने व्यवस्था छ ।

    यसअघि यो रकम अधिकतम रु ३० हजारसम्म थियो । अन्य पशुको हकमा त्यसको प्रकार र मूल्याङ्कनका आधारमा प्रतिपशु रु १० हजारसम्म दिने प्रावधान छ । माछा र कुखुरा पालकलेसमेत वर्षको एकपटकका लागि क्षतिको राहतका लागि दाबी गर्नसक्ने व्यवस्था छ । यस्ता कृषकलाई क्षतिको मूल्याङ्कनका आधारमा बढीमा रु १० हजारसम्म उपलब्ध गराइने निर्देशिकामा उल्लेख छ । - रासस

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend