Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सम्झौता अनुसार इजरायलले कैदी रिहा नगरेको भन्दै हमासले वार्ता रोक्यो


१२, फागुन २०८१
  • 153
    SHARES
  • सम्झौता अनुसार इजरायलले कैदी रिहा नगरेको भन्दै हमासले वार्ता रोक्यो

    एजेन्सी - प्यालेस्टिनी विद्रोही समूह हमासका नेताले इजरायलसँग थप वार्ता नगर्ने बताएका छन् । हमासका दुई वरिष्ठ नेताले सम्झौता अनुसार ६ सय २० जना प्यालेस्टिनी कैदीको रिहाइ नहुँदासम्म वार्तामा सहभागी नहुने बताएका समाचार संस्था एएफपीले जनाएको छ ।

    शनिवार हमासले ६ जना इजरायली कैदीलाई रिहा गरे पनि इजरायलले प्यालेस्टिनी कैदीहरूको रिहाइ स्थगित गरेपछि हमास नेताको यस्तो प्रतिक्रिया आएको हो ।

    शनिवार नै इजरायलले ६ सय २० जना प्यालेस्टिनी कैदी रिहा गर्नुपर्ने थियो । इजरायलले कुनै पनि समयमा फेरि गाजा पट्टीमा आक्रमण गर्नुपर्ने अवस्था आउनसक्ने भन्दै कैदी रिहाइमा ढिलाइ गरिरहेको खबरमा उल्लेख छ ।

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको यस निर्णयलाई अमेरिकाले पनि समर्थन गरेको छ । इजिप्ट र कतारले भने पहिलेकै सम्झौता अनुसार इजरायललाई ६ सय २० जना प्यालेस्टिनी कैदी तत्काल रिहा गर्न दबाव दिइरहेका छन् ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend