Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

समाज परिवर्तनका लागि आध्यात्मिक जागरण आवश्यक : मुख्यमन्त्री आचार्य


१३, फागुन २०८१
  • 178
    SHARES
  • समाज परिवर्तनका लागि आध्यात्मिक जागरण आवश्यक : मुख्यमन्त्री आचार्य
    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समाजमा रहेका विकृति र विसंगतिलाई अन्त्य गर्न आध्यात्मिक जागरण आवश्यक रहेको बताएका छन ।
     
    ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय, ढवाह शाखा, बुटवलद्वारा आयोजित शिवरात्रि महोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले समाज परिवर्तनका लागि आध्यात्मिक जागरणको खाँचो रहेको औंल्याएका हुन ।
     
    ‘समाजमा रहेका विकृति र विसंगति अन्त्य गर्नका लागि समाज परिवर्तनको आन्दोलनमा समर्पित हुन जरुरी छ,’ मुख्यमन्त्री आचार्यले भने,‘समुन्नत समाज विकास गर्ने महान लक्ष्यसहित अघि बढ्नुपर्छ । यसका लागि आध्यात्मिक जागरण आवश्यक छ ।’
     
    उनले ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयले समाजमा सकारात्मक चिन्तन र दृष्टिकोण निर्माणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आध्यात्मिक जागरणको अभियानलाई अझ प्रवद्र्धन गर्नुपर्ने बताए । साथै, आफू बिरामी पर्दा संस्थाले साथ दिएकै कारण आत्मबल बढाउन प्रेरणा प्राप्त भएको र नयाँ जीवन पाएको अनुभव पनि उनले साझा गरे ।
     
    ‘म गम्भीर बिरामी भएर थला परेको बेलामा मेरो मनोबल उच्च बनाउन प्रेरणा दिने कार्य भयो । आत्मविश्वास जगाउने महत्वपूर्ण भूमिका यस संस्थाले खेल्यो । फलस्वरूप, म आज यहाँ उभिन सफल भएको छु,’ मुख्यमन्त्री आचार्यले भने,‘आत्मविश्वास जगाउने अभियानलाई अझ विस्तार गर्न आवश्यक छ ।’
     
    कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष कमला लगायतको विशेष उपस्थिति रहेको थियो ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend