दाङ । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको अधिवेशनले शोभाकर पन्थीको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ ।
समितिको उपाध्यक्षमा दशरथ घिमिरे, महासचिवमा हरि अधिकारी र कोषाध्यक्षमा विनोद भट्टराई निर्वाचित भएका छन् ।
अधिवेशनबाट सचिवमा कृष्ण पोखरेल, बेणीमाधव बस्याल, माधव कंडेल, जनक चौधरी, दीपक न्यौपाने र निता चौधरी निर्वाचित भएका छन् ।
अधिवेशनले अन्य जिल्ला सदस्यहरूमा दाङ्बाट नवराज शर्मा, नीता चौधरी, वासुदेव न्यौपाने, कपिलवस्तुबाट रामवहादुर गन्धर्व, अजय वर्मा, अराज वेल्वासे, कमल विष्ट, नवलपरासीबाट यम कुमारी सुवेदी, पाल्पाबाट नवराज ज्ञवाली, रूपन्देहीबाट शशी पन्थी, मनोज क्षेत्री, मनिष पन्त, रविन्द्र गुप्तलाई निर्वाचित गरेको छ ।
त्यस्तै बाँकेबाट अजमत अलि सिद्धिकी,जयपति ढकाल, बर्दियाबाट ज्ञानेन्द्र पोख्रेल, सुमित्रा वराल, रूकुमपूर्वबाट माधव केसी, गुल्मीबाट लोकप्रसाद छन्त्याल, प्युठानबाट स्नेहा केसी, कृष्णराज पाण्डे, मित्र थापा, अर्घाखाँचीबाट माधव वेल्वासे, कुशल बस्याल र गिताराम विष्टलाई निर्वाचित गरेको हो ।
लुम्बिनी प्रदेशको राजधानी राप्ती गाउँपालिकाको सभाहलमा संगठनका प्रदेश अध्यक्ष शोभाखर पन्थीको अध्यक्षतामा भएको कार्यक्रम संगठनका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यतामा भएको थियो ।