Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अमेरिकाले भारत र चीनविरुद्ध लगायो पारस्परिक महसुल, अप्रिल २ देखि लागू हुने


२१, फागुन २०८१
  • 147
    SHARES
  • अमेरिकाले भारत र चीनविरुद्ध लगायो पारस्परिक महसुल, अप्रिल २ देखि लागू हुने

    वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कंग्रेसलाई सम्बोधन गर्ने क्रममा भारत, चीन, दक्षिण कोरियालगायत धेरै देशहरूलाई अमेरिकी वस्तु आयातमा उच्च शुल्क लगाउने देशहरूको सूचीमा राखेको छ ।

    जुन देशले आफूमाथि जति कर लगायो आफूले पनि सो देशमाथि उत्ति नै कर लगाउने ट्रम्पले भनेका छन् । ट्रम्पले अप्रिल २ देखि पारस्परिक कर लागू हुने बताएका छन् । यी करहरू अमेरिकालाई फेरि धनी र महान् बनाउनको लागि भएकोमा उनले जोड दिएका थिए ।

    ‘अन्य देशहरूले दशकौँदेखि हामी विरुद्ध भन्सार प्रयोग गर्दै आएका छन् । अब ती अन्य देशहरूविरुद्ध उनीहरूले अपनाएको हतियार प्रयोग गर्ने पालो हाम्रो हो । औसतमा ईयू, चीन, ब्राजिल, भारत..... र अनगिन्ती अन्य देशहरूले हामीसँग निकै धेरै उच्च शुल्क असुलिरहेका छन् । उनीहरूको तुलनामा हामीले कम शुल्क लिन्थ्यौँ ।

    यो धेरै अन्यायपूर्ण छ । भारतले हामीसँग १०० प्रतिशत अटो ट्यारिफ लिन्छ, चीनले हामीसँग दोब्बर ट्यारिफ लिन्छ, दक्षिण कोरियाले चौब्बर ट्यारिफ लिन्छ । यो प्रणाली अमेरिकाको लागि निष्पक्ष छैन, यो कहिल्यै थिएन ।’ अमेरिकी राष्ट्रपतिले भनेका छन् ।

    ट्रम्पले अप्रिल २ देखि पारस्परिक कर लागू हुने घोषणा गरेका छन् । यसमा जुन देशले अमेरिकी सामानमा जति कर लगाएको छ, त्यो देशमाथि पनि त्यति नै कर लगाइने उनले बताए । कसैले आफूहरूलाई उनीहरूको बजारबाट बाहिर राख्न गैर–मौद्रिक शुल्क लगाउँछ भने आफूहरूले पनि ती देशलाई अमेरिकी बजारबाट बाहिर राख्न गैर–मौद्रिक अवरोधहरू लगाउने उनले बताए । 

    भन्सार शुल्कले ठुलो राजस्व उत्पन्न गर्नेछ, रोजगारी सिर्जना गर्नेछ ।

    ‘धेरै दशकदेखि अमेरिकालाई लगभग सबै देशहरूले लुटिरहेका छन् । अब हामी यो हुन दिने छैनौँ । भन्सारबाट ठुलो राजस्व उठ्नेछ । यसले अभूतपूर्व रोजगारी सिर्जना गर्नेछ ।’ ट्रम्पले भने ।

    उनले अप्रिल २ देखि अमेरिका आउने विदेशी कृषि उत्पादनहरूमा नयाँ शुल्क लगाइने उनले बताए । आफ्नो प्रशासनले नयाँ व्यापार नीति ल्याउने अनि यो अमेरिकी किसानका लागि उत्कृष्ट हुने पनि उनले भने । विदेशी आल्मुनियम, तामा, काठ र स्टीलमा २५ प्रतिशत भन्सार लगाइएको उनले भने । यो केवल अमेरिकी जागिर रक्षा गर्ने बारेमा मात्र नभएर हाम्रो देशको आत्माको रक्षा गर्ने बारे भएको पनि उनले बताए ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend