Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रुपन्देही अदालतमा रविको अर्को तारिख वैशाख २३ मा


२६, फागुन २०८१
  • 166
    SHARES
  • रुपन्देही अदालतमा रविको अर्को तारिख वैशाख २३ मा

    बुटवल । बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा पूर्व गृहमन्त्री रवि लामिछानेले रुपन्देही जिल्ला अदालत पुगेर सोमबार पहिलो पटक तारिख बुझेका छन् ।

    उनलाई अब अर्को तारिख आगामी वैशाख २३ गतेलाई दिइएको अदालतका श्रेस्तेदार यज्ञ मूर्ति ज्ञवालीले बताए । लामिछानेले आज नम्बर ७ फाँटमा तारिख बुझेको उनको भनाई छ ।

    जिल्ला सरकारी वकिल कार्यालयले माघ ६ मा रुपन्देही जिल्ला अदालतमा सुप्रिम सहकारी ठगी र सङ्गठित अपराधमा लामिछानेसहित २२ जनालाई अभियुक्त बनाएर पूरक मुद्दा दर्ता गरेको थियो ।

    गीतेन्द्रबाबु (जीबी) राई, लामिछानेसहित ४२ जनाबाट ५५ करोड ५९ लाख ८३ हजार ८ सय ४२ रुपैयाँ र लामिछाने, छविलाल जोशी र लक्ष्मीप्रसाद पौडेलबाट १० करोड ९९ लाख थप बिगो र लामिछानेको व्यक्तिगततर्फ २ करोड बिगो दाबी गर्दै मुद्दा दर्ता भएको थियो ।

    जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले माघ १३ गते सहकारी ठगीमा तत्काल प्राप्त प्रमाणका आधारमा लामिछानेले ‘कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिब आधार नदेखिएको’ भन्दै पछि ठहरेबमोजिम हुने गरी एक करोड धरौटीमा छोड्ने आदेश गरेको थियो ।

    लामिछानेलाई थुनामा नराखी धरौटीमा छाडेको जिल्ला अदालतको आदेशमा चित्त नबुझेपछि जिल्ला सरकारी वकिल कार्यालय लामिछानेलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पुगेको छ ।

    यसैगरी अदालतले लिएको एक करोड धरौटी रकमबिना आफू तारिखमा बस्न पाउनुपर्ने माग गर्दै लामिछानेले उच्च अदालत तुलसीपुर बुटवलमा निवेदन दिएका छन् ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend