Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

म्यासेडोनियाको एक रात्रि क्लबमा आगलागी हुँदा ५९ जनाको मृत्यु, १५५ घाइते


४, चैत २०८१
  • 230
    SHARES
  • म्यासेडोनियाको एक रात्रि क्लबमा आगलागी हुँदा ५९ जनाको मृत्यु, १५५ घाइते

    काठमाडौं । उत्तरी म्यासेडोनियाको एक नाइटक्लबमा भएको आगलागीको घटनामा जिम्मेवार ठहरिएका १० जनालाई प्रहरीले नियन्णमा लिएको छ ।

    स्थानीय समयअनुसार आइतबार बिहान करिब २:३० बजे कोचानिमा रहेको पल्स क्लबमा लागेको आगोमा परी ५९ जनाको मृत्यु भएको छ । त्यस समय त्यहाँ देशको लोकप्रिय हिप-हप जोडी डिएनकेको कन्सर्ट हेर्न करिब पाँच सय जना मानिसहरू भेला भएका थिए ।

    त्यहाँको गृह मन्त्रालयका अनुसार आगोलागी घटनामा ब्याण्डका एक सदस्य मात्र जीवित रहेका छन् । सो आगलागीमा परी कन्सर्टमा भेला भएकामध्ये १५५ जना घाइते भएका छन् ।

    आगलागीका लागि जिम्मेवार ठानिएका १० जना संदिग्धहरूलाई केही समयका लागि थुनामा राख्ने आदेश जारी गरिएको छ । तीमध्ये कन्सर्ट आयोजनाका लागि अनुमति जारी गर्ने मन्त्रालयका अधिकारीहरू समेत रहेका छन् ।

    कन्सर्टमा ‘लाइट इफेक्ट’का लागि प्रयोग गरिने ‘पाइरोटेक्निक डिभाइस’को प्रयोगका कारण आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend