Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

इजरायलले हवाई आक्रमण गरेपछि जवाफमा लेबनानबाट रकेट प्रहार


११, चैत २०८१
  • 132
    SHARES
  • इजरायलले हवाई आक्रमण गरेपछि जवाफमा लेबनानबाट रकेट प्रहार

    एजेन्सी - इजरायलले लेबनानमा हवाई आक्रमण गरेपछि जवाफमा लेबनानबाट इजरायलमा रकेट प्रहार भएका छन् ।

    गएको नोभेम्बरमा युद्धविराम लागू भएपछि यो सबैभन्दा ठूलो हिंसा मानिएको छ । इजरायली सेनाले दक्षिणी लेबनानमा इरान समर्थित राजनीतिक समूह हिज्बुल्लाहका सेन्टरलाई निशाना बनाएको बीबीसीले उल्लेख गरेको छ ।

    लेबनानको स्वास्थ्य मन्त्रालयले हवाई आक्रमणमा एक बालकसहित सात जना मारिएका र ४० जना घाइते भएको जनाएको छ ।

    लेबनानमा हिज्बुल्लाह र प्यालेस्टाइनी समूहसहित कयौँ सशस्त्र समूह सक्रिय छन् । हिज्बुल्लाहले आफू युद्धविराममा प्रतिबद्ध रहेको जवाफ दिएको छ ।

    यसैबीच लेबनानका राष्ट्रपति जोसेफ औनले दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणको निन्दा गरेका छन ।

    लेबनानको राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर इजरायलले युद्धविराम सम्झौताको उल्लङ्घन गरी द्वन्द्व निम्त्याएको आरोप लगाएको छ । राष्ट्रपति जोसेफले लेबनानको ‘राष्ट्रिय हित’ लाई जोगाउन संयमता अपनाउन आह्वान गरेका छन ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend