Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

यमनमा हुथी समूहमाथि हुन लागेको अमेरिकी आक्रमणको पूर्वसूचना बाहिरियो


१२, चैत २०८१
  • 204
    SHARES
  • यमनमा हुथी समूहमाथि हुन लागेको अमेरिकी आक्रमणको पूर्वसूचना बाहिरियो

    एजेन्सी - यमनमा हुथी सशस्त्र समूहमाथि हुन लागेको अमेरिकी आक्रमणको पूर्वसूचना बाहिर आएको छ ।

    अमेरिकी वरिष्ठ अधिकारीहरुबीच ग्रुप च्याट हुँदाहुँदै गोप्य योजना पत्रकारकोमा पुगेको बीबीसीले जनाएको छ ।

    अमेरिकी वरिष्ठ अधिकारीहरुबीच हुथी विद्रोही समूहविरुद्ध आक्रमणको योजनाबारे ग्रुपच्याटमा चर्चा भईरहेका बेला भूलवस एक पत्रकारलाई ‘एड’ गर्न पुगेको र योजनाबारे सूचना चुहावट भएको खबरमा उल्लेख छ । च्याटमा हुथी समूहमाथि हुने सम्भावित अर्को आक्रमणको विस्तृत जानकारी थियो ।

    द एटलान्टिक पत्रिकाका प्रधान सम्पादक जेफरी गोल्डबर्गले आफुलाई ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्जले ग्रुपच्याटमा समावेश गरेको बताएका छन । यो घटना अन्जानमा भएको ह्वाइट हाउसले पुष्टि गरेको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आफुलाई ग्रुप च्याटबारे केही थाहा नभएको बताएका छन । आक्रमणबारे गोप्य सूचना कोही विद्रोही सैनिक वा विदेशी गुप्तचर एजेन्टबाट चुहावट नभई राष्ट्रपति निकट सहयोगी नै भएकाले ट्रम्पको समेत आलोचना भइरहेको छ । ट्रम्प प्रशासनले यसबारे थप समीक्षा गरिरहेको बताएको छ । 

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend