Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लुम्बिनीलाई मिनी नेपाल बनाउने मुख्यमन्त्री आचार्यको दाबी


१४, चैत २०८१
  • 150
    SHARES
  • लुम्बिनीलाई मिनी नेपाल बनाउने मुख्यमन्त्री आचार्यको दाबी

    भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीलाई ‘मिनी नेपाल’ बनाउने बताउँदै यस क्षेत्रको समग्र विकासलाई प्राथमिकता दिएको बताएका छन् ।

    कान्तिपुर मिडिया ग्रुपले बुधबार भैरहवामा आयोजना गरेको ‘लुम्बिनीको सामथ्र्य’ विषयक अन्तरक्रिया कार्यक्रमको चौथो सत्र ‘अलमलमा अर्थनीति र राजनीति’ शीर्षकमा बोल्दै मुख्यमन्त्री आचार्यले लुम्बिनीलाई पर्यटकीय र कृषि दृष्टिकोणले प्रचुर सम्भावना भएको क्षेत्रका रूपमा प्रस्तुत गरे ।

    ‘लुम्बिनीमा पर्यटकीय, कृषि र अन्य धेरै हिसाबले प्रचुर सम्भावना छ । लुम्बिनी प्रदेशमा हिमाल, पहाडदेखि तराईका जिल्ला सम्म रहेका छन् । गौतम बुद्धको जन्मस्थलका कारण ऐतिहासिक महत्व भएको यस स्थानले मात्र बुद्धिजम नभई हिन्दू धर्मका लागि पनि सांस्कृतिक महत्व राख्छ’, उनले भने । यसैगरी लुम्बिनीमै रहेका तीन वटा राष्ट्रिय निकुञ्जको बारेमा चर्चा गर्दै लुम्बिनी मिनी नेपालको रुपमा परिचित भएको बताए ।

    प्रदेश सरकारको कामलाई गति दिइएको उनले बताए। ‘तीन तहको सरकारको हकमा समन्वय र सहकार्यको आधारमा काम अघि बढाएका छौं । कानुनले निर्दिष्ट गरेका कार्यहरूलाई अघि बढाएका छौं । संघीय सरकारमार्फत प्रदेशका सचिव र मुख्य सचिवलाई आउनको लागि अनुरोध गरेका छौं । प्रमुख सचिव संघीय सरकारले पठाए पनि मन्त्रालयको सचिव प्रदेशबाटै नियुक्त गर्नुपर्ने निवेदन गरेका छौं’मुख्यमन्त्री आर्चाले भने ‘सबै हिसावले प्रदेशलाई बलियो र समृद्ध बनाउने दिशामा सरकारले काम गरिरहेको छ ।’

    प्रदेश सरकारले कर्मचारीको वृद्धिविकासमा रोक लागेको अवस्थामा ऐन निर्माण गरेर खोलिसकेको उनले बताए ।‘लोकसेवामार्फत बढुवाको प्रक्रिया पनि जारी छ । संघीय कानुनले निजामती सेवा ऐन नबनेपनि, प्रदेशले निजामती कर्मचारी ऐन बनाई सेवा प्रवाहलाई अघि बढाएको छ । सेवा प्रवाहमा कुनै समस्या छैन’उनले भने ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend