Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

दक्षिण कोरियामा रोजगारी वृद्धि


३१, वैशाख २०८२
  • 151
    SHARES
  • दक्षिण कोरियामा रोजगारी वृद्धि

    सियोल । दक्षिण कोरियामा रोजगारी अप्रिलमा लगातार चौथो महिनामा वृद्धि भएको छ ।

    मुख्यतया वृद्धवृद्धाहरूका लागि रोजगारीमा वृद्धिका कारण रोजगारीमा वृद्धि भएको बुधबार प्रकाशित तथ्याङ्कले जनाएको छ ।

    तथ्याङ्क कोरियाका अनुसार १५ वर्ष वा सोभन्दा बढी उमेरका कार्यरत व्यक्तिहरूको सङ्ख्या एक लाख ९४ हजार अर्थात शून्य दशमलव सात प्रतिशतले बढेर अप्रिलमा दुई करोड ८८ लाख ८७ हजार पुगेको ।

    समग्र रोजगारी वृद्धि वृद्धवृद्धाद्वारा सञ्चालित थियो । ६० वर्ष वा सोभन्दा बढी उमेरका लागि रोजगारीको सङ्ख्या वार्षिक आधारमा अप्रिलमा तीन लाख ४० हजारले बढेको छ र ३० वर्ष उमेर समूहका लागि यो सङ्ख्या ९३ हजारले बढेको छ ।

    १५–२९ वर्ष उमेर समूहका लागि रोजगारी एक लाख ७४ हजारले घटेको छ भने ४० र ५० वर्ष उमेर समूहका लागि रोजगारी ५१ हजार र १४ हजारले घटेको छ ।

    गत वर्षको सोही महिनाको तुलनामा अप्रिलमा उत्पादकहरू बीचको रोजगारी एक लाख २४ हजारले घटेको छ । यो सन् २०१९ फेब्रुअरीपछि छ वर्षभन्दा बढीमा सबैभन्दा कम हो र लगातार १०औँ महिनामा गिरावटको प्रवृत्ति रहेको छ ।

    निर्माण र थोक र खुद्रा उद्योगहरूमा गुमाएको रोजगारी क्रमशः एक लाख ५० हजार र तीन हजार पुगेको छ । यो लगातार १२औँ र १४औँ महिनामा घट्दै गएको छ ।

    स्वास्थ्य तथा समाज कल्याण सेवा, विज्ञान तथा प्रविधि सेवा र सूचना तथा सञ्चार क्षेत्रमा रोजगारीको सङ्ख्या दुई लाख १८ हजार, एक लाख १३ हजार र ७२ हजार पुगेको छ ।

    अप्रिलमा बेरोजगारको सङ्ख्या आठ लाख ५४ हजार थियो । यो एक वर्ष अघिको तुलनामा ३१ हजारले कम हो । बेरोजगारी दर शून्य दशमलव एक प्रतिशतले घटेर दुई दशमलव नौ प्रतिशतमा प्रतिशतमा झरेको छ । - रासस

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend