Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अमेरिकाको व्यापार नीतिका कारण जर्मनीको अर्थतन्त्रमा गिरावट


१, जेठ २०८२
  • 87
    SHARES
  • अमेरिकाको व्यापार नीतिका कारण जर्मनीको अर्थतन्त्रमा गिरावट

    एजेन्सी - जर्मनीको अर्थतन्त्र सन् २०२५ मा शून्य दशमलव २ प्रतिशतले सङ्कुचित हुने प्रक्षेपण गरिएको छ ।

    जर्मन आर्थिक संस्थान (आईडब्ल्यू) ले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार, जर्मनी विश्वका अन्य प्रमुख अर्थतन्त्रहरूभन्दा पछाडि पर्नेछ ।

    अर्थतन्त्रमा लगातार दुई वर्षको गिरावटपछि, अमेरिकाको व्यापार नीति, विश्वव्यापी अनिश्चितता र लगानीको कम स्तर जर्मन अर्थतन्त्रमा मुख्य चुनौतीका रूपमा देखिएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

    अन्य ठूला अर्थतन्त्रहरू यो वर्ष सुधारको बाटोमा रहेको देखिए पनि आईडब्ल्यूको प्रतिवेदन अनुसार जर्मनी भने मन्दीमै रहनेछ ।

    प्रतिवेदनमा अमेरिकी व्यापार नीतिलाई विश्व अर्थतन्त्रको सबैभन्दा ठूलो जोखिमका रूपमा औँल्याइएको छ, जसले गर्दा विश्व उत्पादन शून्य दशमलव ८ प्रतिशतले घट्न सक्ने पूर्वानुमान गरिएको छ । यो आर्थिक सङ्कटको असर रोजगार बजारमा पनि पर्नेछ ।

    सन् २०२५ को गर्मीयामसम्म बेरोजगारको सङ्ख्या ३० लाख पुग्ने अनुमान गरिएको छ । संस्थाले नयाँ सङ्घीय सरकारले यथाशीघ्र र प्रभावकारी कदम चालेर अर्थतन्त्र पुनःजागृत गर्नुपर्ने र संरचनात्मक चुनौतीहरूको सामना गर्नुपर्ने आवश्यकता रहेको बताएको छ ।

    जर्मन केन्द्रीय बैङ्कले अप्रिल अन्त्यमा प्रकाशित गरेको अर्को प्रतिवेदनमा पनि अर्थतन्त्रको स्थितिलाई झनै नकारात्मक देखाइएको छ ।

    पहिलो त्रैमासिकमा अलिकति सुधार देखिए पनि दोस्रो त्रैमासिकमा फेरि मन्दीको सम्भावना रहेको उल्लेख गरिएको छ । समग्रमा, जर्मन अर्थतन्त्रको भविष्य अझै अनिश्चित र चिन्ताजनक देखिएको छ ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend