Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

चीनले अमेरिका, इयु र जापानबाट हुने प्लास्टिक आयातमा लगायो एन्टी–डम्पिङ शुल्क


५, जेठ २०८२
  • 96
    SHARES
  • चीनले अमेरिका, इयु र जापानबाट हुने प्लास्टिक आयातमा लगायो एन्टी–डम्पिङ शुल्क

    बेइजिङ । चीनले सोमबार अमेरिका, युरोपेली सङ्घ (इयु), ताइवान र जापानबाट आयात हुने प्लास्टिकमा ७५ प्रतिशतसम्म शुल्क लगाएको बेइजिङको वाणिज्य मन्त्रालयले जनाएको छ ।

    नयाँ शुल्कले कारका पार्ट्स, मेडिकल उपकरण र घरेलु उपकरणहरूमा प्रयोग हुने सामान्य प्लास्टिक पोलिफर्मल्डिहाइड कोपोलिमरको आयातलाई लक्षित गर्दछ ।

    नयाँ शुल्कहरू अमेरिका र चीनले एक अर्काका सामानमा व्यापक कर कटौती गरेको केही दिनपछि आएको छ । विश्व बजार र अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलामा हलचल ल्याएको निर्मम व्यापार युद्धमा ९० दिनका लागि अस्थायी रूपमा तनाव कम गरिएको छ ।

    बेइजिङले व्यापक व्यापार विवाद भएका देशहरू विरुद्ध बारम्बार एन्टी–डम्पिङ अनुसन्धान सुरु गरेको छ ।

    अप्रिलमा चीनले फ्रान्सको निर्यात–निर्भर कोग्नाक उद्योगमा असर पार्दै इयु ब्रान्डीमा एन्टी–डम्पिङ उपायहरू लगाएको थियो । रासस

     

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend