Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

ट्रम्पद्वारा हार्भर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना गर्न रोक


९, जेठ २०८२
  • 92
    SHARES
  • ट्रम्पद्वारा हार्भर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना गर्न रोक

    काठमाडौं । ट्रम्प प्रशासनले हार्भर्ड विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न रोक लगाएको छ । जसले ट्रम्प प्रशासन र अमेरिकाको सबैभन्दा पुरानो विश्वविद्यालयबीचको द्वन्द्वलाई झनै चर्काएको छ ।

    ट्रम्प प्रशासनले हार्भर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्ने अनुमति खारेज गरेको छ । सरकारका नीतिगत कुरा कार्यान्वयन गर्न नमानेका कारण उक्त प्रतिष्ठित संस्थालाई कडा कारवाही स्वरुप सो निर्णय गरेको हो ।

    यो निर्णयसँगै हार्भर्ड विश्वविद्यालयले अब विदेशी विद्यार्थी भर्ना गर्न सक्दैन र हाल अध्ययनरत विदेशी विद्यार्थीहरूले अन्यत्र सर्नु वा आफ्नो कानुनी हैसियत गुमाउनु पर्ने अमेरिकी गृह सुरक्षा विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    हार्भर्ड र ट्रम्प प्रशासनबीच महिनौँदेखि द्वन्द्व चलिरहेको छ । ट्रम्प प्रशासनले विश्वविद्यालयमा यहूदीविरोधी गतिविधिहरूको अन्त्य गर्न र त्यसलाई सम्बोधन गर्न क्याम्पसको कार्यक्रम, नीति, नियुक्ति र भर्ना प्रणालीमा परिवर्तन गर्न माग गर्दै आएको छ ।

    गृह सुरक्षा मन्त्री क्रिस्टि नोएमले हार्भर्डले गत महिना गृह सुरक्षा विभागले माग गरेको विदेशी विद्यार्थीहरूको आचरण सम्बन्धी अभिलेखहरू बुझाउन अस्वीकार गरेकाले विश्वविद्यालयको विद्यार्थी तथा आगन्तुक आदानप्रदान कार्यक्रम रद्द गर्न निर्देशन दिएका थिए ।

    यस निर्णयको असर हार्भर्डको अन्तर्राष्ट्रिय विद्यार्थीहरूमध्ये करिब एक चौथाइमा पर्ने समाचारमा उल्लेख गरिएको छ । यो निर्णयको घोषणापछि विद्यार्थीहरुलमा अत्यधिक तनाव र अन्योल छाएको छ ।

    प्राध्यापकहरूले भने विदेशी विद्यार्थीहरूको सामूहिक पलायनले विश्वविद्यालयको शैक्षिक स्तरमा गम्भीर असर पार्न सक्ने चेतावनी दिएका छन् । ह्वाइट हाउसले विदेशी विद्यार्थी भर्ना गर्नु अधिकार होइन, विशेषाधिकार भन्दै यस संस्थालाई अहिले राष्ट्रविरोधी, यहूदी विरोधी र आतंकवादी समर्थक आन्दोलनकारीहरूको थलोमा रूपान्तरण गरेको आरोप संस्थाका नेतृत्वमाथि लगाएको छ ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend