Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सरकारले आफ्नो कार्यशैली सच्याउनुपर्नेमा सभापति पुनको जोड


११, जेठ २०८२
  • 128
    SHARES
  • सरकारले आफ्नो कार्यशैली सच्याउनुपर्नेमा सभापति पुनको जोड

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले सरकारले आफ्नो कार्यशैली सच्याउनुपर्नेमा जोड दिएका छन ।

    नेपाली कांग्रेस अर्घाखाँचीको दोस्रो जिल्ला सम्मेलनलाई शनिबार सन्धिखर्कमा सम्बोधन गर्दै यस्तो बताएका हुन । उनले अहिलेको राजनीतिक संयन्त्रले कुनै प्रतिफल दिन नसकेको बताए ।

    सरकार र जनताबिच ठुलो खाडल परिसकेको दाबी गर्दै सभापति पुनले समयमै सरकार नसच्चिए यसले चरम असन्तुष्टि निम्त्याउने बताए । जनतामा निराशा बढिरहेकामा पनि उनले चिन्ता व्यक्त गरे । ‘सात बुँदे सहमति गरेर सत्तामा त पुग्यौँ,’ सभापति पुनले भने, ‘न ती बुँदा कार्यान्वयन भए, न सरकारको काम गर्ने ढंग पुगेको देखिएको छ ।’

    संघ सरकारले जस्तै लुम्बिनी प्रदेश सरकारले पनि काम गर्न नसकेको उनको भनाई छ । ‘प्रदेशहरू माथि नै प्रश्न उठिरहेका बेला सरकारले त्यही कुरालाई बल पुग्ने गतिविधि गरिरहेका छन्,’ सभापति पुनले भने । प्रदेश सरकारले ठिक ढंगले काम गर्न नसक्दा प्रदेश खारेज गर्नुपर्छ भन्नेहरूलाई बल पुगिरहेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

    राजनीतिक संयन्त्रका विषयमा समेत सभापति पुनले असन्तुष्टि जनाए । ‘औचित्यहीन संयन्त्र गठन गरेर दलहरूलाई पंगु बनाउने काम भएको छ । संयन्त्रमा उठेका कुरामा ध्यान दिएर सरकारले सुझाव सुनेको भए हुन्थ्यो । यहाँ त न सरकारले सुन्ने गरेको छ, न ग्रहण नै,’ उनले भने । सभापति पुनले संघ र प्रदेश सरकारले आफ्नो कार्यशैली सच्याउनुपर्ने धारणा व्यक्त गरे ।

    नेपाली कांग्रेसलाई आगामी निर्वाचनमा सफल बनाउनको लागि अहिले देखि वडा, पालिका र जिल्ला तहको संगठन बलियो बनाउन पुनले आग्रह गरे । अब जनताले विकास चाहेको छ ,सोहि बमोजिमका एजेण्डा लिएर वास्तविक समस्याको पहिचानमा लाग्न जरुरी रहेको उनले बताए ।

    कार्यक्रममा नेपाली कांग्रेसका पुर्व केन्दिय सदस्य रेवती प्रसाद भुसाल, नेपाली कांग्रेसका पुर्व आमन्त्रि केन्द्रिय सदस्य बालकृष्ण पाण्डे, लुम्बिनी प्रदेशका सहमहामन्त्री बिष्णु प्रसाद खनाल मुस्कान, नेपाली कांग्रेस संस्था समन्वय विभाग सचिव तथा लुम्बिनी प्रदेश पुर्व सचेतक निर्मला क्षेत्री, लुम्बिनी प्रदेश सदस्य शान्ता भण्डारी लगायतले कांग्रेस एक भएर अगाडि बढदा निर्वाचनमा सहजै विजय हुने र जिल्लाको विकासमा टेवा पुग्ने धारणा राखे ।

    नेपाली कांग्रेस अर्घाखाँचीका जिल्ला सभापति केशव श्रेष्ठले नेकपा (एमाले) सँगको जिल्लास्तरीय राजनीतिक संयन्त्रबाट बाहिरिने चेतावनी दिएका छन । मुख्यमन्त्रीकै गृह जिल्लामा समेत कांग्रेसलाई उपेक्षा गरिएको भन्दै उनले यस्तो बताएका हुन ।

    हामीले पटक–पटक संयन्त्रको बैठक बोलाउन र संयुक्त रूपमा योजना छनोट गर्न आग्रह गर्‍यौँ, तर एमालेले सुनुवाइ नगरेको समेत बताएका छन ।

    त्यस्तै पुर्व सभापति कमल प्रसाद भुसाल, सितगंगा नगरपालिका प्रमुख छविलाल पौडेल, छत्रदेव गउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ ,धादिङका महासमिति सदस्य कृष्ण रिजाल, महाधिबेशन प्रतिनिधि मुक्ति श्रेष्ठ, नेबिसघंका जिल्ला अध्यक्ष कृष्ण भुसाल लगायतले मन्तब्य राखेका थिए ।

    जिल्ला सम्मेलन पार्टी सचिव कृष्ण खनालको संचालन र जिल्ला उपसभापति बाबुराम पौडेलको स्वागत मन्तब्यमा सम्पन्न भएको थिए । कार्यक्रममा महासमिति सदस्य, महाधिबेशन प्रतिनिधि, पार्टीका जिल्ला पदाधिकारी, जिल्ला सदस्य, क्षेत्रिय प्रतिनिधि, क्रियाशिल सदस्य लगायतको उपस्थिति रहेको थियो ।

     

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend