Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अमेरिकाले युरोपेली युनियनसँग व्यापार सम्झौताको समयसीमा बढायो


१२, जेठ २०८२
  • 95
    SHARES
  • अमेरिकाले युरोपेली युनियनसँग व्यापार सम्झौताको समयसीमा बढायो

    एजेन्सी - अमेरिकाले युरोपेली युनियनसँग व्यापार सम्झौताको समयसीमा बढाएको छ ।

    राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली युनियनसँग व्यापार सम्झौताको लागि जुलाई ९ सम्मको समयसीमा बढाएका हुन ।

    युरोपेली युनियनकी प्रमुख उरुस्ला भान डेर लेयनले अमेरिकासँग व्यापार वार्ताका लागि आफू तयार भएको बताएपछि उनले माग गरे अनुसार ट्रम्पले व्यापार वार्ताका लागि ९ जुलाइसम्मको समय दिएको बीबीसीले जनाएको छ ।

    युनियनकी प्रमुख लेयनले अमेरिकी राष्ट्रपति ट्रम्पसँग राम्रो छलफल भएपछि थप वार्ताको लागि सकारात्मक वातावरण बन्दै गएको बताएका छन । यसअघि राष्ट्रपति ट्रम्पले वार्ता नभए युरोपेली युनियनका हरेक सामानमा ५० प्रतिशत कर लगाउने चेतावनी दिएका थिए ।

    गएको महिना ट्रम्पले युरोपेली युनियनमा उत्पादन हुने सामानमा २० प्रतिशत करको घोषणा गरेका थिए । यसमा पछि हटेर उनले ८ जुलाइसम्मका लागि १० प्रतिशत करको घोषणा गरेकोमा केही दिन अघि मात्र फेरि ५० प्रतिशत करको विषयमा कुरा उठाएका हुन ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend