Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एलाेन मस्कसँगको सम्बन्ध सकिएको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा


२५, जेठ २०८२
  • 185
    SHARES
  • एलाेन मस्कसँगको सम्बन्ध सकिएको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

    एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्बपति एलाेन मस्कसँगको आफ्नो सम्बन्ध समाप्त भएको घोषणा गरेका छन । एनबीसी न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले अब सम्बन्ध सुधार्ने चाहना नरहेको स्पष्ट पारेका छन ।

    ट्रम्प र मस्कबीचको खटपट ट्रम्पको ‘बिग ब्यूटिफुल बिल’ नामक कर तथा खर्च विधेयकप्रति मस्कको आलोचनापछि थप चुलिएको हो । मस्कले त्यो विधेयकले सरकारी खर्च बढाउने र देशलाई बर्बाद गर्ने टिप्पणी गरेका थिए ।

    ट्रम्प र एलाेन मस्कबीच सामाजिक सञ्जालमा आरोप प्रत्यारोप तीव्र बनेको छ । कर र खर्चसम्बन्धी विधेयक हाउस अफ रिप्रेजेन्टेटिभ्स (अमेरिकी संसदको तल्लो सदन)मा पास गरिएको थियो ।

    यसमा कैयौं ट्रिलियन डलरको करमा छुट, रक्षा खर्चमा बढोत्तरी र अमेरिकी सरकारलाई थप ऋण लिन अनुमति दिइएको छ । अर्बपति मस्क डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिशिएन्सी (डीओजीआई) अर्थात् खर्च कटौती विभागमा झन्डै साढे चार महिना काम गरेपछि हालै बाहिरिएका थिए ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend