Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

उर्जामन्त्री खड्काद्धारा गण्डक पश्चिम नहर सिंचाई आयोजनाको ‘सेटलिङ्ग बेसिन’को उद्घाटन


२६, जेठ २०८२
  • 345
    SHARES
  • उर्जामन्त्री खड्काद्धारा गण्डक पश्चिम नहर सिंचाई आयोजनाको ‘सेटलिङ्ग बेसिन’को उद्घाटन

    नवलपरासी । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले पश्चिम नवलपरासीमा रहेको नेपाल गण्डक पश्चिम नहर सिंचाई आयोजनाको ‘सेटलिङ्ग बेसिन’को उद्घाटन गरेका छन ।

    नेपाल गण्डक पश्चिम नहर सिंचाई व्यवस्थापन कार्यालयले आज नवलपरासीको सेमरीमा आयोजना गरेको कार्यक्रममा मन्त्री खड्का र उक्त क्षेत्रका सांसद विनोद चौधरीले उक्त बेसिनको संयुक्त रुपमा उद्घाटन गरेका हुन ।

    कार्यक्रममा मन्त्री खड्काले पश्चिम नवलपरासीका नागरिकले भोगेको डुवान र सिंचाइको समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताए । “यस क्षेत्रका माननीय ज्यूले मलाई यो कार्यक्रममा आउनुअघि नै भनिसक्नुभएको छ कि यहाँ रहेका ६ वटा नदिहरुमा तटबन्ध गर्नुछ, त्यसका लागि पर्याप्त बजेटको आवश्यकता छ, यसका लागि सरकार गम्भीर छ,”– उर्जामन्त्री खड्काले भने ।

    मन्त्री खड्काले पश्चिम नवलपरासीमा आफू मन्त्री भएपछि दोस्रो पटक आएको र यहाँका समस्यासँग आफू जानकार रहेको बताए । उनले सांसद विनोद चौधरीजस्तो राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा स्थापित व्यक्ति यो क्षेत्रले पाउनु गौरवको विषय भएको बताए ।

    कार्यक्रममा पश्चिम नवलपरासी–१ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य विनोद चौधरीले अब साविक भन्दा नहरबाट पाँच गुणा बढि भूमिमा सिंचाई सुविधा उपलब्ध हुने भएपछि किसान लाभान्वित हुने बताए ।

    “यो नहर पूर्ण सञ्चालनमा आउने व्यवस्था मिलाएपछि नवलपरासीका किसानको मुहारमा भरिएको खुसी देख्न पाउँदा मलाई अत्यन्तै सन्तुष्टि मिलेको छ, ‘यहाँका नागरिकले ३५ वर्ष सिचाईँका लागि जुन संघर्ष गर्नुपरेको थियो, तपाईहरुको पिडासँग जोडिएको त्यो वेदनालाई अब सम्बोधन भएको छ,”– उनले भने ।

    सांसद चौधरीले उक्त क्षेत्रको डुवानको समस्या समाधानका लागि सरकारले आवश्यक वजेट विनियोजन गरेर दिर्घकालिन समाधान निकाल्नसमेत मन्त्री खड्कालाई आग्रह गरेका थिए ।

    नेपाल गण्डक पश्चिमी नहरको सेटलिङ्ग बेसिन रु ३५ करोड लागतको परियोजनामा अढाई वर्षमा सम्पन्न भएको हो । विस २०३९ सालमा निर्माण भएको नहरको सिंचाइ क्षमता ८ हजार ७०० हेक्टर क्षेत्रफल भए पनि मुहानमै बालुवा थुप्रिने समस्याका कारण २० प्रतिशत क्षमतामा मात्रै सिचाई हुँदै आएको थियो ।

    आज उद्घाटन भएको सेटलिङ्ग बेसिन निर्माणपछि अब नहरमा बालुवा जान रोकिनका साथै ८ हजार ७०० हेक्टर जमिनमा सिंचाई सुविधा पुग्नेछ ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend