Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै


३०, जेठ २०८२
  • 326
    SHARES
  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची ।  अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका–२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा परम्परागत धार्मिक मेला बुधवार सम्पन्न भएको छ । प्राचीनकालदेखि नै धार्मिक आस्था र सांस्कृतिक परम्पराको केन्द्र रहँदै आएको यस मन्दिरमा प्रत्येक वर्ष जेठे अर्थात स्थानीय रुपमा प्रचलित भुमे पूर्णिमाका दिन विशेष मेला आयोजना हुँदै आएको हो।

    भुमे देवताको सम्मानमा स्थापना गरिएको भुमे मन्दिरकै नामबाट भूमिकास्थान नगरपालिकाको नामकरण गरिएको हो। यस अवसरमा पालिकाले स्थानीय विदा समेत दिने परम्परा स्थायी रूपमा कायम राखेको छ। मेला अवलोकनका लागि भूमिकास्थान नगरपालिका भित्रका बासिन्दा मात्र नभई अर्घाखाँचीका अन्य पालिकाहरूका साथै छिमेकी जिल्लाहरू प्युठान, गुल्मी, पाल्पा आदि क्षेत्रहरूबाट समेत हजारौं श्रद्धालु तथा दर्शकहरूको उत्साहजनक उपस्थिति देखिएको छ। मन्दिर परिसरमा पूजाआजा, स्थानीय सांस्कृतिक प्रस्तुति, परम्परागत नृत्यलगायतका कार्यक्रमहरू सञ्चालन गरिएकाे थियाे।

    साथै स्थानिय उत्पादनले मेलाको आकर्षण थपेको थियो।स्थानीयवासीहरूका अनुसार, भुमे देवताको पूजा गर्दा वर्षभरि राम्रो बाली, सुख–समृद्धि र रोग–व्याधिबाट मुक्ति मिल्ने जनविश्वास रहँदै आएको छ। भुमे मन्दिरमा आयोजना गरिने मेला केवल धार्मिक गतिविधिमा सीमित नरही त्यस क्षेत्रकै पर्यटन, स्थानीय उत्पादनको प्रवर्द्धन र समुदायबीचको एकताको उत्कृष्ट उदाहरणका रूपमा स्थापित हुँदै गएको छ। मेलाको व्यवस्थापनमा भूमिकास्थान नगरपालिका, भुमे मन्दिर व्यवस्थापन समिति, स्थानीय टोल सुधार समिति, युवा क्लबहरू, सुरक्षा निकाय र स्वयंसेवकहरूको उल्लेखनीय भूमिका देखिएको थियो।

  • भविष्य मालिका अनुसार कलियुगको अन्त्यतर्फ बढ्दै जाने आध्यात्मिक तथा खगोलीय परिवर्तनबारे चर्चा

    काठमाडौं । हिन्दू धार्मिक तथा आध्यात्मिक परम्परामा चर्चित भविष्य मालिकामा कलियुगको अन्त्यसँग सम्बन्धित विभिन्न खगोलीय,

  • तीजको रौनक सुरु, आज दर खाने दिन

    काठमाडौं । नेपाली महिलाको प्रमुख सांस्कृतिक पर्व हरितालिका (तीज) आजदेखि दर खाएसँगै औपचारिक रूपमा सुरु

  • प्राकृतिक विपत्तिमा ‘आत्मोद्धार’को संकल्प : देवीघाटमा लाखबत्ती प्रज्वलनसहित विशेष आध्यात्मिक अनुष्ठान

    त्रिशूली बाढीका दिवङ्गतप्रति श्रद्धाञ्जलि, पीडितको उद्धार र पुनःस्थापनाका लागि सरकार-समाजलाई सहकार्यको आह्वान काठमाडौं । त्रिशूली नदीमा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend