Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

तेहरान–मसद सडकमार्गबाट सडकमार्गमा फर्कने ११ नेपाली भारतीय ‘Operation Sindhu’ अन्तर्गत उद्धार हुँदै


९, असार २०८२
  • 144
    SHARES
  • तेहरान–मसद सडकमार्गबाट सडकमार्गमा फर्कने ११ नेपाली भारतीय ‘Operation Sindhu’ अन्तर्गत उद्धार हुँदै

    काठमाडौं । इरानको राजधानी तेहरानमा कार्यरत ११ जना नेपाली भारतीय सहायतामा देश फर्किने तयारीमा रहेका छन् । उनीहरू तेहरानबाट सडकमार्ग हुँदै करीव ९५० किलोमिटर टाढा इरानको दोस्रो ठूलो सहर मसद पुगेका हुन् ।

    भारतले इरानमा रहेका नेपाली तथा श्रीलंकाली नागरिकको उद्धार गर्ने निर्णय गरेपछि भारतीय दूतावासको समन्वयमा यी नेपालीलाई नेपाल फर्काइन लागिएको छ । हाल उनीहरू दोहास्थित नेपाली दूतावासबाट नेपालका लागि उडान प्रतिक्षामा छन् ।

    उद्दार गरिने नेपालीहरू मध्ये उदयपुर घर भएका हरि थापा, उत्सव थापा र गायत्री कार्की सहित लुम्बिनी प्रदेशका विष्णु भुसाल, बुद्धि भुसाल, सागर पौडेल, सुमन गैरे, यज्ञ मरासिनी, गणेश पोखरेल र राजु खनाल रहेका छन्। उनीहरू मसदको एक होटलमा छन् भने केही नेपाली इरानको जेलमा छन् जसको उद्धार सम्भव भएको छैन ।

    यी व्यक्ति इरानमा भान्छे र अन्य कामका सिलसिलामा थिए। भारतले सञ्चालन गरेको  'Operation Sindhu' अन्तर्गत अहिले नेपालीको उद्धार सुरु भएको हो  ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend